Logo
|
Thursday 18th April 2024
Logo

epaper

पोतो र डण्डिफोरमा लेजर प्रविधि



कस्ता कस्ता समस्या भएका बिरामीहरु आउँछन् ?
कस्मेटिक क्लिनिक भएकाले यहाँ छाला सम्बन्धी रोग भन्दा पनि कस्मेटिक समस्याहरु भएका मानिसहरु धेरै आउँछन् । विशेषगरी चाँयापोतो, डन्डीफोर, अनावश्यक रौँ, आँखा वरिपरिका डार्क सर्कल र हाइपरपिग्मेन्टेसन) चोटपटक र डन्डीफोरका दाग हटाउन, चाउरिपना र कपाल झर्ने समस्या भएका व्यक्तिहरु उपचारका लागि आउने गरेका छन् ।
कसरी चाँया पोतो आउँछ ?
खासगरी थाइराइड प्रेसर, सुगर, औषधि, पाठेघरको समस्या, हर्मोनको समस्या जस्ता भित्री कारण र एलर्जी, बढ्दो उमेर,चोटपटक र सबैभन्दा प्रमुख घामको किरणजस्ता बाहिरी कारणले चायाँपोतो आउने गरेको पाइन्छ ।
लेजर पद्धति कतिको प्रभावकारी छ ?
सामान्यतया खतका लागि लेजर प्रयोग गरिन्छ । सिओटु फ्र्य्राक्सनल लेजर बढी प्रचलनमा छ । यसले छालाको तहमा एक किसिमको थर्मल हिटिङको माध्यमबाट स्किनको तहलाई चिल्लो बनाउँछ । यो खाल्टा भएका खतहरुलाई प्रभावकारी मानिन्छ । छालाको मसिना आइस पिक स्कारलाई लेजरले छदैन । भित्र धेरै तानिएको छालालाई सर्जरी गरेर निकाल्नुपर्छ । धेरै डन्डीफोर आएर ठूलो दाग बसेको अवस्थामा लेजरबाट पूर्णरुपमा निको नहुनसक्छ ।
लेजर कतिपटकसम्म गरिन्छ ?
छालामा लेजरको उपचार कतिपटक गर्ने भन्नेबारे अनुसन्धान भइरहेको छ । खतको गहिराई हेरेर पाँचदेखि १० पटक सम्म लेजर गर्नुपर्ने हुनसक्छ । फेरी डन्डीफोर आएन भने दाग बन्दैन । यदि डन्डीफोर आउनेक्रम जारी छ भने फेरी दाग बस्न सक्छ । कसैको डन्डीफोर आइरहने छाला छ पहिला राम्रोसँग उपचार गर्नुपर्छ । डन्डीफोर पुर्ण रुपमा सुकिसकेपछि मात्र लेजर गर्नुपर्छ
लेजर उपचार कतिको खर्चिलो छ ?
हामीकहाँ मध्यम वर्गीय मानिसहरु नै आउँछन् । अहिले सम्म अफोर्ड गरिरहेका छन् । खतको अवस्था हेरेर एक पटक गर्दा ६ देखि ८ हजार रुपियाँसम्म लाग्न सक्छ । सामान्य खालको लेजर गर्दा २ हजार ५ सय रुपियाँ सम्म पर्छ ।
लेजर पद्धतिले अनावश्यक रौं हटाउँदाको फाइदा के के छन् ?
अनावश्यक रौँ हटाउन हामीले डायोड ट्रिपल वेभलेन्थ लेजर प्रयोग गर्दै आएका छौँ । अधिकांश महिला अनुहारको रौँ र पुरुषहरु छाती, पेट र ढाडका रौँ फाल्न आउँछन् । कपालबाहेक शरीरलाई सफा राख्न रौँ फालेकै राम्रो हुन्छ । रौँ फाल्दा पसिना पनि गन्हाउँदैन ।
लेजर गरिसकेपछि फेरी रौँ आउछ ?
लेजर गरिसकेपछि सत्प्रतिशत रौँ पलाउँदैन भन्न सकिँदैन । उमेर अनुसार फरक पर्छ । जस्तैः ३०÷३५ वर्ष कटेपछि हर्मोन कम सक्रिय भएका मानिसहरुले लेजर गर्दा रौँ पुनः नपलाउन सक्छ । तर २० वर्षको उमेरमा लेजर गरेमा रौँ पुनः पलाउन सक्छ ।
लेजर गर्दा आउनसक्ने सम्भावित समस्याहरु के के छन् ?
लेजर गर्दा लेजरको प्रकाशले र्राैँको जरा तातिएर मर्छ । जरा तातिने क्रमका कालो रङ्ग भएको मानिसको छालामा नयाँ रौँ वर्न गराउन सक्छ । नयाँ रौँ वर्न भएमा दाग बस्न सक्छ । हरेक उपचारमा कुनै न कुनै जटिलता अवश्य आउनसक्छ । तर यसलाई न्युनिकरण गर्न सकिन्छ । लेजर छाला सम्म मात्र पुग्छ । भित्रका अंगहरुलाई यसले कुनै असर गर्दैन । लेजर गरेको छाला हल्का पोल्ने र रातो समस्या देखिन सक्छ । रौँ को लेजर गर्दा छाला पोलेको अनुभव हुन्छ । ट्याटुको लेजर गर्दा पनि हल्का दुखाइ हुनसक्छ । खतको लेजर गर्दा दुख्दैन ।

प्रतिक्रिया दिनुहोस्