Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न



नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न

जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यकाबाहिर भएको मतदान आइतबार सम्पन्न भएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा उपत्यकाबाहिरका १६ मतदान केन्द्रमा  जम्मा २८ सय ५१ मत खसेको संघले जनाएको छ ।

मतदान शान्तिपूर्वक सम्पन्न भएको संघले जनाएको छ । संघको २८ औँ १३ सदस्यीय नयाँ कार्यसमितिका लागि ३० जना प्रतिष्पर्धामा उत्रेका छन्। संघको चुनावमा चितवनमा सबैभन्दा बढी ३ सय ९७ र सबैभन्दा कम जुम्लामा १९ मत खसेको छ ।

संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र समावेशी पेशागत समूहबाट डा. पुष्पमणि खराल प्रतिष्पर्धामा छन्।  उपत्यकाभित्र भने माघ १७ देखि २१ गतेसम्म ५ दिन मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्