Logo
|
Wednesday 24th April 2024
Logo

epaper

छालाको एलर्जी



एलर्जी वातावरणमा भएका केहि कुराहरूसँग मानिसको प्रतिरक्षा प्रणाली धेरै नै संवेदनशील भएर देखिने समस्या हो । यो विभिन्न कारणले हुनसक्छ । खानेकुरा, धुवाँधुलो, फङ्गस, कोलन्ज, भित्री संक्रमण, किराफट्याङ्ग्राले टोक्दा एलर्जन्सहरु शरीरभित्र छिर्छन् र शरीरले त्यसको प्रतिकार गर्दा एन्टीबडी निकाल्छ । यसरी एन्टिबडी र एलर्जन्सबीच रसायनिक प्रतिक्रिया भएर हिस्टमिन निस्कन्छ । हिस्टमिनका कारण छालामा डाबरको रुपमा एलर्जी देखिनसक्छ । कतिपय अवस्थामा छालामा कमिलाले टोकेको जस्तो डाबर आउँछ । मसिना बिमिरा आउने, चिलाएअनुसार डाबर आउने, नाकबाट पानी बगिरहने, आँखाबाट आँसु बगिरहने जस्ता प्रतिक्रिया देखाउँछ । कहिलेकाहीँ कीराको टोकाइबाट पनि यस्तो समस्या देखिनसक्छ । गलत औषधि, विभिन्न रसायनयुक्त साबुन, लोसनको प्रयोगबाट पनि छालामा एलर्जी हुनसक्छ ।
बढ्दो वायु प्रदूषण, अस्वस्थ्यकर जीवनशैली, गुणस्तरहीन सामानको प्रयोग आदिले एक्युट अर्टिकारिया, एलर्जिक डर्माटाइटिस र फुड इन टोलोरेन्स धेरै देखिएको छ । यस प्रकारको समस्यामा चिलाएर डाबर आइरहन्छ । तर के कारणले भएको हो भन्ने थाहा हुँदैन । धेरैलाई बसेको बेलामा चिलाउँछ । कडा किसिमका एलर्जीले एनाफ्यालाटिक सक भएर बिरामीको ज्यान समेत जान सक्छ । ड्रग एलर्जीबाट स्टेभन जानेसोन सिन्ड्रोम (एसजेएस) हुन्छ । यो घातक एलर्जी हो । यस्ता विभिन्न किसिमका एलर्जीहरुबाट बच्न र एलर्जी पत्ता लगाउन स्किन प्रिक टेष्ट, प्याच टेष्ट र रगतबाट पत्ता लगाउने रेडियोएलर्गोसोर्वेन्ट टेष्ट (आरएएसटी)हरु गर्न सकिन्छ ।

लक्षण
छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् । डाबर आउने, नाक चिलाउने, हाँट्यु आइरहने, आँखा सुन्निने र आँसु बग्ने, मसिना बिमिरा आउने, कसैकसैलाई सास फेर्न गाह्रो हुनसक्छ । यसका साथै ओठ सुन्निने समस्या पनि हुनसक्छ ।जैविक चिजले एलर्जी गर्नसक्छ । त्यसलाई शरीरले एन्टिबडी बनाएर प्रतिक्रिया गरेमा एलर्जी हुन्छ । चामलको एलर्जी भएरसमेत व्यक्तिहरु उपचारका लागि आउने गरेका छन् । चिया, धुलो, फङ्गस, पातपतिङ्गर र साङ्लोको एलर्जी हुनेहरुको संख्या पनि कम छैन । औषधिले तत्कालीन समस्याको समाधान त गर्न सक्छ । तर तर एलर्जी आउन नदिने एलर्जनहरुबाट सकेसम्म बच्न सक्नुपर्छ ।

उपचार
सबैभन्दा पहिला एलर्जी हुने कारण पत्ता लगाउनुपर्छ र त्यसबाट टाढा बस्नु सबैभन्दा उत्तम उपाय हुन्छ । कतिपय एलर्जन्सबाट चाहेर पनि टाढा हुन सकिँदैन । जस्तै धुवाधुलो, फङ्गस र कोलिन आदि । एलर्जीका लागि विभिन्न किसिमका एन्टिहिस्टामिन औषधिहरु उपलब्ध छन् जुन छाला रोग विशेषज्ञको सिफारिसमा उपभोग गर्न सकिन्छ । यति गर्दा गर्दै पनि एलर्जी निको नभई क्रोनिक भएमा अहिले इन्टरनेशनल एलर्जी सोसाइटी र आईसीएएआईले इम्युनो थेरापी उत्तम भनेको छ । इम्युनोथेरापी एउटा सुइबाट दिइने र अर्को थोपाथोपा गरेर खाने हुन्छ । यो एलर्जी गराउने चिजको नै प्रोटिन दिएर एलर्जीसँग लड्ने क्षमता बृद्धि गर्ने पद्धति हो । तर नेपालमा यो सजिलै उपलब्ध छैन । एलर्जी हुँदा हिस्टामिन उत्पादन हुन्छ त्यसलाई सब्क्राइब गर्न हामी एन्टी हिस्टामिन प्रयोग गर्छौँ । कन्ट्याक्ट डर्माटाइटिस, एलर्जिक डर्माटाइटिस भएकाहरुलाई स्टेरोइड दिइन्छ ।
उपचारपछि एलर्जी बल्झिन सक्ने सम्भावना कति हुन्छ ?
कसैलाई पूर्ण निर्मुल पनि हुनसक्छ । कसैलाई मोसमअनअुसार देखापर्न सक्छ । कसैलाई क्षणिक आउन सक्छ । इम्युनोथेरापी गरिसकेका बिरामीहरुलाई पहिला भन्दा एलर्जी आउन धेरै कम हुन्छ । यसबाट रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ ।
रोकथाम
एलर्जी गराउने वस्तुहरुबाट बच्नुपर्छ । कसैलाई दुधको एलर्जी भएमा दुध सेवन गर्नुहुँदैन । विदेशमा बिरामीहरु एलर्जी कार्ड नै बोकेर हिड्छन् । केहि भइहालेमा एलर्जी भएको कुरा थाहा हुन्छ । कसैलाई औषधिको एलर्जी हुनसक्छ । आफुलाइ एलर्जी हुने कारण थाहा हुन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्