Logo
|
Saturday 20th April 2024
Logo

epaper

‘काेराेना’ प्राणघातक भाइरस होइन : विश्व स्वास्थ्य संंगठन



विश्व स्वास्थ्य संंगठन भन्छ, ‘काेराेना’ प्राणघातक भाइरस होइन

विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ। त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमणका कारण २५ जनाको ज्यान गएको छ। यो भाइरस सयौँ जनामा संक्रमण भइसकेको छ। विज्ञहरूले संख्या अझै बढ्ने बताइरहेका छन्।

बिरामीलाई निमोनिया गराउने नयाँ भाइरस विश्वभरका स्वास्थ्य अधिकारी तथा विज्ञहरूका लागि चिन्ताको विषय हो। त्यसैले उनीहरू उच्च सतर्कताको अवस्थामा छन्।

तर के यो कोरोना भाइरस संक्रमण?  आज देखिएर भोलि नै हराउने खालको हो वा अझ खतरनाक कुनै रोग वा महामारीको पहिलो लक्षण हो?

के भन्छ विश्व स्वास्थ्य संंगठन?

विश्व स्वास्थ्य संंगठनले अहिले देखिएको नयाँ भाइरसको संक्रमण चीनको लागि संकटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको बताएको छ।

जेनेभामा दोस्रो दिनको बैठकपछि डब्लूएचओले चीनमा कोरोना भाइरस संक्रमण रोक्न चालिएका कदमहरूको चर्चा गर्दै त्यो विश्वका अन्य देशहरूमा सीमित मात्रामा मात्रै देखिएको बताएको छ। विज्ञहरूको अहिलेको निष्कर्ष के हो भने यो प्राणघातक भाइरस होइन।

चीनमा यो भाइरसको संक्रमण बढिरहेको छ। अन्य एसियाली देश र अमेरिकामा पनि यो भाइरस पुगिसकेको छ। जापानमा दोस्रो संक्रमितको उपचार भइरहेको घोषणा गरिएको छ।

यो कति घातक छ?

कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ। त्यो भनेको जम्मा संक्रमितको तीन प्रतिशत मात्रै हो।

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको संख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्। अहिले सम्म ८३० जना संक्रमित भएका छन्। त्यसमाथि चिकित्सकहरूले थाहै नपाएको संक्रमण कति छ भन्ने अझै प्रष्ट भइसकेको छैन।

यो कहाँबाट आयो?

नयाँ भाइरसहरू जुन बेला पनि देखिइरहन्छन्। उनीहरू एउटा प्रजातिबाट फरक बन्दै मानव शरीरमा प्रवेश गर्छन्।

नटिङ्घम विश्वविद्यालयका भाइरसविद् प्रोफेसर जोनाथन बलको भनाइमा ‘अहिले देखिएको भाइरस यदि कोरोनाभइरस हो भने त्यो कुनै जनावरको खोरबाट आएको हुनु पर्छ।’

सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरेको थियो। सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस उँटबाट मानिसमा सरेको थियो। त्यसले संक्रमित झण्डै तीन हजार मध्ये आठ सय ५८ जनाको ज्यान लिएको थियो।

विज्ञहरू भन्छन् एक पटक जनावरको खोर र तिनलाई राखिने स्थानको खोजी गरियो भने समस्याको जरो थाहा पाउन सजिलो हुन्छ।

कोरोनाभाइरस चाहिँ वुहान शहरको समुद्री माछा होलसेल बजारबाट आएको हुनसक्ने अनुमान गरिएको छ।

कसरी सर्छ?

चिनियाँ स्वास्थ्यविद् भन्छन्, यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ। कोरोनाभाइरसको यो नयाँ संक्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ।

बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्