Logo
|
Thursday 28th March 2024
Logo

epaper

विश्वलाई चकित पार्दै चीनले बनायो १००० बेडको अस्पताल ४८ घण्टामै

कोरोना भाइरसबाट संक्रमित उपचार गर्ने पहिलो अस्पताल



चीनले आजबाट कोरोना भाइरसको उपचार गर्ने १००० बेडको नयाँ अस्पताल सञ्चालनमा ल्याएको छ । यो अस्पताल कोरोना भाइरसबाट संक्रमितहरुको मात्रै उपचार गर्ने पहिलो अस्पताल बनेको छ ।

वुहान शहर नजिकै रहेको खाली भवनलाई मजदुर तथा र स्वयंसेवकहरुले दुई दिन (४८ घण्टा) भित्र अस्पतालमा रुपान्तरण गरिदिएपछि आज विहानबाट कोरोनाभाइरस संक्रमित विरामीलाई त्यहाँ सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाधयमका अनुसार दावेइ माउन्टेन मेडिकल सेन्टर नाम दिइएको उक्त नयाँ अस्पतालमा विहान १० : ३० बजे देखि विरामीहरु स्थानान्तरण गरिएको छ ।

त्यसो त सो भवन पनि अस्पतालकै लागि तयार गरिदै थियो । ह्वाङगाउ जिल्लामा रहेको ह्वाङगाङ सेन्ट्रल हस्पिटलले आफ्नो शाखा अस्पताल विस्तार गर्न बनाएको भवनलाई अधिकारीहरुले आकस्मिक रुपमा कोरोना भाइरसको संक्रमणमा परेका विरामीहरुको मात्रै उपचार गर्ने छुट्टै अस्पतालमा रुपान्तरण गरिदिएका हुन् ।

‘त्यो खाली भवन शुक्रबार मात्रै तयार भएको थियो । आगामी मे महिनाबाट त्यहाँ ह्वाङगाङ सेन्ट्रल हस्पिटलको शाखा सञ्चालन हुँदै थियो तर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको उपचारका लागि सो भवनलाई ४८ घण्टा भित्र अत्याधुनिक नयाँ अस्पतालको रुपमा सञ्चालनमा ल्याइयो ।अव  त्यहाँ  कोरोना भाइरसको विरामीको मात्रै उपचार गरिने छ,’ सरकारी अधिकारीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

ह्वाङगाङका सरकारी अधिकारीहरुका अनुसार सोमबार र मंगलबार दुई दिन भित्र खाली भवनलाई अस्पतालको रुपमा रुपान्तरण गरिएको हो । सोमबार स्वयंसेवीहरुले अस्पतालका लागि चाहिने सबै बेडको सेटअप गरिदिए । सोही दिन भवनका पानी, बिजुली र इन्टरनेट जडान गरियो ।

दुई दिनमा अस्पताल तयार गर्ने प्रतिवद्धता पुरा गर्न ५०० बढी कामदार र दर्जनौँ ठूला साधानहरुले दिन रात काम गरेका थिए ।

वुहान शहर भन्दा ७५ किलोमिटर दक्षिण पश्चिममा रहेको ह्वाङगाङ शहर कोरोना भाइरसको अति प्रभावित क्षेत्रमा पर्दछ । यो शहरलाई पनि वुहान शहरलाई जस्तै गत विहीबारबाट बन्द गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्