Logo
|
Friday 19th April 2024
Logo

epaper

पार्क हेल्थ होमद्धारा बार्षिकोत्वमा गरिने खर्च कटौति गर्दै क्यान्सर पीडित पत्रकारलाई १ लाख रुपियाँ सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होमले आफ्नो २८ औं बार्षिकोत्सवका अवसरमा रक्तक्यान्सर पीडित पत्रकार कमल पौडललाई एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । प्राकृतिक चिकित्सा पद्धतिमा आधारित स्पार्कले आफ्नो बार्षिकोत्वमा गरिने खर्च कटौति गर्दै पत्रकार पौडेललाई आर्थिक सहयोग गरी उदाहरणीय काम गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा स्पार्क हेल्थ होमका सञ्चालक डा. सुनिल पौडेलले क्यान्सर पीडित पत्रकार पौडेलका छोरा अभिनव पौडेललाई सो रकम हस्तिान्तरण गर्नुभएको थियो । पत्रकार पौडेल हाल मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत हुनुहन्छ । पौडेलको उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस प्रकारको सामाजिक उत्तरदायित्व कार्यक्रमले आफ्नो बुबाको उपचारका निकै ठूलो सहयोग पुग्ने अभिनवले बताउनुभयो । यसैगरी स्पार्कले १२ वर्षदेखि सोही अस्पतालमा कार्यरत काजी महर्जनलाई ५० हजार रुपियाँ सहयोग गरेको छ । महर्जन विगत ४ महिनादेखि पेटको क्यान्सरबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्