Logo
|
Thursday 28th March 2024
Logo

epaper

सुशान्तको सफलताको राज



सुशान्त मुरारका शारदा मेडिकेयर ट्रेडर्स प्रा.लि. र ट्रु डर्मा एसए प्रा.लिका सञ्चालक हुनुहुन्छ । ८ वर्षको अवधिमा उहाँ फूड सप्लिमेन्टस्, छाला र सौन्दर्य एवं इन्जेक्टेबल औषधिको बजारीकरणमा फड्को मार्न सफल हुनुभएको छ । सानै उमेरमा आफ्नो व्यवसायलाई अग्रस्थानमा ल्याउन सफल मुरारका कसरी व्यवसायमा सफल हुनुभयो त ? कसरी बन्यो उहाँको यसमा करियर ?

करियरको सुरुवात्
जनकपुरको धनुषामा जन्मिएका सुशान्त मुररका छिमेकी मुलुक भारतमा स्नातकसम्मको अध्ययन पुरा गरेर सन् २००६ तिर राजधानी काठमाडौं छिर्नुभएको थियो । त्यो बेला उहाँको अष्ट्रेलिया जाने सोच थियो । तर केही पारिवारिक कारणले जान सक्नुभएन । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्नुभयो । मुरारका भन्नुहुन्छ—‘सन् २००९ सालमा बिजय अग्रवाल दाइसँग फर्मा मार्केटिङसम्बन्धि काम सिक्दै औषधि व्यवसायको क्षेत्रतर्फ पाइला अघि बढाएँ । उहाँलाई २ वर्षजति काम सिक्न लाग्यो । सन् २०११ तिर उहाँको करियरको पहिलो सुरुवात् निर्यातसम्बन्धि श्रीलंकबाट भयो । त्यसपछि बंगलादेश र सन् २०१२ बाट नेपालमा औषधिको आयातसम्बन्धि काम शुरु गर्नुभयो । ‘शुरुमा मैले फूड सप्लिमेन्टसम्बन्धि काम गरेँ । अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौं ।’ शुरुमा उहाँको मार्केटिङ टिम ७ जनाको थियो । आजको दिन १०० भन्दा बढी व्यक्तिले यो क्षेत्रमा रोजगार पाएका छन् । त्यसमध्ये ८० जना बजारीकरणका लागि खटिएका छन् । अहिले उहाँले फूड सप्लिमेन्ट्स, कस्मेटिक डर्माटोलोजी, इन्जेक्टेबल इन्जेक्सन सम्बन्धि सामाग्रीको वजारीकरण गर्नुहुन्छ । ‘नेपालमा फूड सप्लिमेन्टस्को कन्सेप्ट सुरुवात गर्न सफल भएमा खुशी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहन्छ—‘यद्यपी अष्ट्रेलिया जान नपाउनुनै मेरो करियरको टर्निङ प्वाइन्ट बन्यो ।’

सामाग्रीको बजारीकरण
मुरारका भन्नुहुन्छ—‘फुड सप्लिमेन्ट्सले उपचार भन्दा पनि रोकथामको काम गर्ने भएकाले अहिले हामीले विभिन्न १५ वटा रोगविरुद्ध फुड सप्लिमेन्टस्को बजारीकरण गरिरहेका छौं ।’ त्यसमा रुघाखोकी, युरिनरी ट्रयाक इन्फेक्सन, कम्प्लिट मल्टिभिटामिन, आईभिए अर्थात इरिटेबल वल सिन्ड्रोम, भिटामिन डी र भिटमिन बी १२ को कमी, घुँडा खिइएको दुखाइले हिँड्न नसक्ने, डायबिटिज (मधुमेह), रक्सी पिएर हुने ह्याङ ओभर कम गर्ने, पुरुषको स्पर्म र महिलाको एग बढाउनेलगायतका सम्प्लिमेन्ट्स रहेका छन् । यसबाहेक अझै ४ वटाजति सप्लिमेन्ट्सको रिसर्च एण्ड डेभलप्मेन्ट (आरएन्डी) को काम भइरहेको छ । ‘हामी भारतको मद्रास फर्माको फूड सप्लिमेन्ट्सको साझा कम्पनि सफ्ट जेल हेल्थ केयरसँग रिसर्च एण्ड डेभलप्मेन्ट गराउँदछौं ।’— उहाँको भनाइ छ—‘त्यहाँबाट उत्पादन गरेर हामी सिधै नेपालमा बजारीकरण गर्दछौं ।’ ‘डर्मा कस्मेटिक’ अन्तर्गत फेसवास, सनब्लक, मोइश्चराइजिङ क्रिम, सेतो दुवीको लोसन आदि पर्दछन् । साथै आईसियू, सीसीयूका बिरामीका लागि एन्टिबायोटिक इन्जेक्सन, आकस्मिक कक्षमा आउने बिरामीहरुका लागि आवश्यकपर्ने विभिन्न इन्जेक्सन पनि उपलब्ध गराउँदै आएका छौं । बजारमा यसको रिस्पोन्स राम्रो पाइएको मुरारकाले बताउनुभयो ।
सफलताको राज
‘हाम्रो देश नजिकै रहेको बंगलादेश, श्रीलंका, भियतनाम आदि मुलुकमा औषधि, फूड्स सप्लिमेन्ट्, कस्मेटिक सामाग्री आदिको बजारीकरण गर्दाको समयमा गुणस्तरमा निकै सचेत भएको पाएको थिएँ । मैले केही समय काम गरेको हुनाले त्यहाँ गुणस्तर हेर्छन्, मूल्य होइन । हाम्रो देशमा गुणस्तरमा ध्यान नभई मूल्यमा हुन्छ । गुणस्तरमा केन्द्रित रहेर काम गर्दा अन्तत बिरामीलाई धेरै नै आर्थिक भार कम गराउन सकिन्छ ।’—मुरारकाको भनाइ छ— ‘गुणस्तर नभएको औषधिले काम गर्दैन र सुरुमा मूल्य कम देखिए पनि विरामी अनेकौं ठाउँमा भौंतारिँदा झन् बढी खर्च हुने गर्छ । औषधिसँगै गुणस्तरीय उपचार हुन जरुरी छ । मैले गुणस्तरलाई ख्याल गरेर काम गरेँ । अहिले सफल भइरहेको छु । त्यसैले गुणस्तरमा कहिल्यै सम्झौता गर्न हुँदैन ।’ यद्यपी गुणस्तरमा परिणाम देखिन समय लागेपनि त्यो दीर्घकालीन हुन्छ । समयमा सेवा उपलब्ध गराउनुपर्छ । सेवाप्रति समर्पित हुनुपर्छ । यसले विश्वास बढ्दै जान्छ । यसका साथै सफलताको राजमा प्रतिवद्धता एकदमै महत्वपूर्ण हुने मुरारकाको कथन छ ।

खुशी र दुःख
व्यवसायमा उतारचढाव आउनु स्वभावित हो । मुरारका भन्नुहुन्छ—‘व्यवसायमा बिक्री बढ्दा खुशी लाग्छ । व्यापार बढेको अवस्थामा कर्मचारीहरुले पनि इन्टेन्सिभ पाउँछन् । बजारमा क्वालिटी नभएको सामान बिक्री गर्नेहरुदेखि दुःख लाग्छ ।’

सरकारलाई सुझाव
औषधि संवेदनशील बस्तु हो । त्यसैले यसको गुणस्तरमा सम्झौता नगरियोस् । ‘कतिपय औषधि ल्याउन खोज्छौं । तर ल्याउने प्रक्रिया एकदम झन्झटिलो छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’ —मुरारका बताउनुहुन्छ ।
सामाजिक उत्तरदायित्व

हरेक व्यवसायी र व्यापारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ । यो कुरा उहाँले हजुबुबा बनारसीलाल मुरारकाबाट सिक्नुभयो । उहाँ जनकपुरको राम्रो व्यपारी हुनुहुन्थ्यो । उहाँले सामाजिक उत्तरदायित्वसम्बन्धि धेरै काम गरिरहनुहुन्थ्यो । ‘उहाँबाट धेरै राम्रो कुरा सिक्ने मौका पाएको छु । अहिले पनि उहाँ भन्नुहुन्छ—‘हामीले लिएर जाने नाम मात्र हो । राम्रो काम गर्नु नै हाम्रो कर्म हो । सबैले पैसा सम्पत्ति यहीँ छोडेर जाने हो । त्यसैले पैसा कमाउने नाममा अरुलाई ठग्नु हुँदैन ।’ राम्रो काम गरेमा प्रतिफल राम्रो आउँछ भन्ने मेरो मान्यता छ । त्यसैले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न व्यक्तिगत रुपमा १० लाख रुपियाँको अध्यक्षकोष खडा गरेको छु । यसैबाट आवश्यक परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छु ।
व्यवसाय र परिवार

बिहान ६.३० बजे उठ्ने मुरारका ८.३० बजे बजारमा हिँडिसक्नुहुन्छ । उहाँ बेलुका ९ बजे तिर मात्र घर पुग्नुहुन्छ । ‘महिनामा २ दिन अफिसियल डे मा परिवारका लागि छुट्टी लिने गरेको छु ।’ —मुरारकाले भन्नुभयो । काठमाडौंको विशालनगरमा श्रीमति श्वेतका साथ बस्ने मुरारका २ छोरी र एकजना छोरा छन् । पछिल्लो छोराछोरी जुम्ल्याहा हुन् । हजुरबुबा र हजुरआमा जनकपुरमा भएकाले बुबा श्याम मुरारका आमा मञ्जुदेवी मुरारका जनकपुरमा बस्नुहुन्छ । उहाँहरु जनकपुरको पुरानो माडबारी खानदानी हो ।

प्रतिक्रिया दिनुहोस्