Logo
|
Thursday 25th April 2024
Logo

epaper

रगत ट्रान्सफ्युजन र एक्सचेञ्ज गर्ने नयाँ प्रविधि




२०६४ साल साउनको अन्तिम हप्ता भारतको एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले करिब १२ वर्ष जति धान्यो । गत २०७६ भदौ तिर मिर्गौलामा समस्या हुन थालेपछि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उहाँको दुई हप्ताजति प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्ने भएकाले शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिन्छ । यसलाई प्लाज्मा एक्सचेञ्ज पनि भनिन्छ ।
आरबीसी, डब्लुबीसी, प्लेटलेट्स र प्लाज्माजस्ता रक्त कम्पोनेन्टहरुलाई आवश्यकताका आधारमा छुट्याने र बाँकी रगत शरीरभित्र पठाउने प्रविधिलाई एफेरेसिस भनिन्छ । यसले शरीरलाई हानी गर्ने रगतको कम्पोनेन्ट निकाल्न र एक्सचेञ्ज गर्न मद्धत गर्छ । यो शरीरमा रगत ट्रान्सफ्युजन गर्ने नयाँ प्रविधि हो । यो प्रविधि नेपालमा उपलब्ध छ । नेपाल मेडिसिटी, त्रि.बि.शिक्षण अस्पताललगायतका कतिपय ठाउँहरुमा प्लाज्मा एक्सचेञ्ज भइरहेको छ ।
नेपालमा जर्मनी कम्पनि फ्रिसिनियस कावीको कम टेक (मल्टि प्रोस्युडर एफेरेसिस प्लेटफर्म) को मेसिन धेरै प्रचलनमा आएको छ । यो मेसिन नेपालमा हिमालयन मेडिटेक प्रा.लि.ले बजारीकरण गरिरहेको छ ।
यो प्रविधिमा दाताको शरीरबाट रगत निकाल्ने, रगतबाट आवश्यक कम्पोनेन्ट छुट्याउने, ट्रिटमेन्ट गर्ने र बाँकी रगत शरीर भित्र पठाइन्छ । यसका साथै यो मेसिनले शरीरलाई हानी गर्ने रगतको कम्पोनेन्ट निकाल्न र एक्सचेञ्ज गर्न मद्धत गर्छ ।
अहिले पनि दाताहरुको शरीरबाट रगत निकालेर ल्याबमा कम्पोनेन्ट छुट्याउनुपर्दथ्यो । यसका लागि धेरै दाताहरुको आवश्यकता पर्ने, हातले काम गर्दा संक्रमण हुनसक्ने, धेरै दाताहरुको रगतबाट कम्पोनेन्ट संकलन गर्नुपर्ने भएकाले कतिपय बिरामीको शरीरले स्वीकार नगर्ने, एलोइम्युनाइजेसन हुने जस्ता समस्या आउने गर्दथ्यो ।
कन्टिन्युअस सेन्ट्रीफ्युगल सेपरेसनको आधारमा रगतको कम्पोनेन्ट शरीर बाहिर छुट्टिने गर्छ । यो प्रविधिअन्तर्गत थेरापेटिक प्लाज्मा एक्सचेञ्ज, थेरापेटिक प्लाज्मा ट्रिटमेन्ट, डोनेसन तथा थेरापेटिक प्रोटोकल हुने गर्छ । कुनै पनि ब्यक्तिले रेड ब्लड कम्पोनेन्ट डोनेट गर्दा एक पटक दिइसकेपछि फेरि दिन ३ महिना कुर्नुपर्छ । तर यस मेसिनबाट एउटा डोनरले एक महिनामा ४ पटकसम्म प्लेटलेट दिन मिल्छ । क्यान्सरको बिरामी अस्पताल भर्ना गरेपछि उसलाई मल्टिलिटी प्लेटलेट ट्रान्सफ्युजन गर्नुपर्छ । ब्लड बैकबाट बन्ने रेन्डम डोनर प्लेटलेट हो । रेन्डम डोनर प्लेटलेटमा ८ देखि १० हजार डोनर प्लेटलेट बढाउँछ । रेन्डम डोनर प्लेटलेट पूर्तिका लागि ६ जना डोनरको आवश्यकता पर्छ । तर सिंगल डोनर प्लेटलेटले ४० देखि ५० हजार प्लेटलेट बढाउँछ । अनि यो मेसिनको राम्रो पक्ष के हो भने मेसिनले आवश्यकताका आधारमा रगतबाट प्लेटलेट लिन्छ र रगत पुनः शरीरभित्र पठाइदिन्छ । त्यसैले एउटा डोनरले महिनामा ४ पटक सम्म प्लेटलेट दिन मिल्छ । साइड इफेक्ट कम हुन्छ । एन्टिजेन र एन्टिवडि रियाक्सन कम हुन्छ । यो मेसिनबाट लिम्फोसाइड पनि निकाल्न मिल्छ । यो जनरल अस्पताललगायत आइसियुमा राखेका विरामीलाई पनि उपयोगी हुन्छ । यो लाइफ सेभिङ प्रोसेस भएकाले दक्ष जनशक्तिको जरुरत पर्छ ।
यो मेसिनबाट के के गर्न मिल्छ ?

  • थेरापेटिक प्लाज्मा एवं प्लेटलेट्स र उपचार
  •  स्टेम सेल कलेक्सन
  •  प्लेटलेट डोनेसन
  •  मोनोन्युक्लियर सेल कलेक्सन

मेसिनको विशेषता

  • प्रयोग गर्न सजिलो
  • यस प्रविधिबाट एउटा व्यक्तिले महिनामा ४ पटक सम्म प्लेटलेट डोनेसन गर्न सक्छ । एक हप्तामा प्लेटलेट शरिरमा रि–जेनेरेट भइसक्छ ।
  • धेरै डोनर (दाता) को जरुरत नपर्ने
  •  भेनिपंचर गरेको ठाउँमा क्लटिंग प्रिभेन्ट गर्ने
  •  मेसिनमा विभिन्न सेन्सर र अलार्म जडान गरिएको हुनाले एअर डिटेक्सन, कन्टिन्युअस एसिड साइटे«ट डेक्सट्रोस (एसिडी) आदिमा सेन्सर गरी अलार्म दिने
  • यो मेसिनको व्याकअपमा ब्याट्रीको सुविधा छ । यसले बत्ति गएको बेला पनि काम गर्न सकिन्छ ।

बिरामी र डोनरलाई फाइदा
भेनिपंचर गरेको ठाउँमा क्लटिंग प्रिभेन्ट गर्ने भएकाले उच्च एसिडी इन्फ्युजन रेट (साइटे«ट टक्सिसिटी) बाट बिरामी र डोनरलाई बचाउँछ । शरीरमा रेड सेलको मात्रा कति छ भन्ने निक्र्यौल गरेर शरीरमा आवश्यक तापक्रमको आधारमा शरीरमा कम भएको आरबिसी कामय राख्छ ।
कुन कुन क्षेत्रमा प्रयोगमा अइरहेको छ ?

  • क्यान्सर रोग
  •  मिर्गौला रोग
  •  अटोइम्युन रोग
  •  प्याँक्रिटाइटिसमा कोलेस्टेरोल छान्न
  • बोनम्यारो समस्या आदि ।

प्रतिक्रिया दिनुहोस्