Logo
|
Thursday 28th March 2024
Logo

epaper

अत्यावश्यक बाहेक ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशननिर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका ५० वा सोभन्दा बढी शय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न निर्देशन दिएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले शंकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।

कोरोको नमूना परीक्षणका लागि योग्य मानिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै एक सय वेड भन्दा माथिका अस्पतालहरुलाई ज्वरो क्लिनिक संचालन गर्न निर्देशन दिएको विषयमा अनुगमन गर्ने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षाका लागि २० हजार स्याम्पल टेष्ट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोनाको आशंका गरिएका बिरामीलाई रेफर नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बिरामी आइसियुमा रहेको अवस्थामा डायलाइसिस समेत आवश्यक पर्न सक्ने भन्दै वीर अस्पताललाई जनशक्ति सहित शुक्रराज अस्पतालमा एउटा डायलाइसिस मेसिन उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले कोरोनाको सन्दर्भमा गरेको १५ निर्णय

प्रतिक्रिया दिनुहोस्