Logo
|
Friday 29th March 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने



A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen

जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ ।

अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु उत्तम हुने बताउनुभयो ।

“लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्रमात्र लगाउनुपर्ने भएपनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि आगामी चैत १८ गते साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्