Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रदेश १ का क्‍वारेन्टाइनमा १२० जना भर्ना, ५ जनाको आइसोलेसनमा उपचार हुँदै



जनस्वास्थ्य सरोकार, विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन् जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो बुधबार साँझसम्मको तथ्याङ्का हो ।

यस्तै, ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउन उल्लघंन गरी बुधबार सवारी चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।  ठूला तथा साना गरी ८ सय ८१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्