Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा कोरोना परिक्षणः ढिलो रिपोर्टले उपचारमै असर



जनस्वास्थ्य सरोकार , काठमाडौं । कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो। बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो।

अस्पतालमा उपचाररत ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक गरे, १४ घण्टा ढिलो गरी। यस विषयमा मंगलबार राति नै अस्पतालका प्रवक्ता अनुप बास्तोलालाई जानकारी गराएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले बताएकी छन्।

‘हामीले मंगलबार राति नै डा।अनुपलाई फोन गरेर जानकारी गराएका हौं’, उनले बिहीबार नागरिकसित भनिन्। अस्पतालमा भने अस्पतालका निर्देशक सागर राजभण्डारी र ड्युटीमा खटिएका चिकित्सकलाई समेत जानकारी नभएको चर्चा चलेको छ।यस विषयमा जानकारी लिन खोज्दा डा बास्तोलाले बोल्न चाहेनन्।

उनले भने,‘उपचारमा खटिएका स्वास्थ्यकर्मी सबै सतर्क नै थियौं।’ जुनसुकै कारणले उपचारमा खटिएका चिकित्सक,नर्स तथा अन्य स्वास्थ्यकर्मीले रिपोर्ट ढिलोथाहा पाउनु उपचारमा गलत अभ्यास भएको चिकित्सकहरुको टिप्पणी छ।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा।ध्रुव गैरेले रिपोर्टअनुसार बिरामीको उपचारको स्वरुप र सुरक्षाको व्यवस्था मिलाइने बताए। ‘त्यसमा पनि सरुवा रोगको हकमा अरुलाई समेत फैलिने भएकाले थप गम्भीर हुनुपर्छ। समयमै जानकारी नहुँदा बिरामी कुरुवा,ड्युटीमा खटिएका चिकित्सक,प्यारामेडिक्सलाई समेत असर पर्छ। रिपोर्टअनुसार स्वास्थ्यकर्मीले अपनाउने सावधानीमा समेत फरक पर्छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका पूर्वनिर्देशक डा। हरीशचन्द्र उपे्रतीले भने प्रयोगशालाको नियमअनुसार गम्भीर उपचारमा रहेको बिरामीको हकमा छिटोभन्दा छिटो ड्युटीमा खटिएको चिकित्सकलाई जानकारी गराउनुपर्ने बताएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्