Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।

छैटौं कोरोना संक्रमित पनि  विदेशबाटै नेपाल आएका  हुन् ।   पाँचौ, दोस्रो र  छैठौं संक्रमित कतारबाट चैत ४ मा कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका युवतीमा कोरोना पुष्टि भएको हो । यी युवतीसमेत बागलुङकै हुन्। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

सरकारले बुधबासम्ममा १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना परीक्षण भएको छ भने धरानेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएको छ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरि उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भइरहेको छ।

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्