Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण,कोरोना संक्रमितको संख्या ९, नेपालभित्रै अर्को व्यक्तिमा संक्रमण भएको यो पहिलो घटना



जनस्वस्वास्थ्य सरोकार, काठमाडौं ।  कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण फेला परेको छ । भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

पहिलो पटक विदेशबाट आएका नभइ नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्