Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना भाइरस संक्रमणमा एक प्रभावकारी एन्टि भाइरल ड्रग क्लिनिकल परीक्षणमा फेल



जनस्वास्थ्य सरोकार । कोरोना भाइरस संक्रमणमा एक प्रभावकारी एन्टि भाइरल ड्रग परीक्षणमा विफल भएको खबर छ । यो औषधि रैंन्डम क्लिनिकल परीक्षणमा फेल (विफल) भएको हो । यो औषधिको ट्रायलले विश्वभर आशा जगाएको थियो ।

यो एन्टिभाइरल औषधिको नाम रेमडेसिवयर हो । यो औषधि चिनियाँ परीक्षणमा असफल भएको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमा यसको जानकारी प्राप्त भएको थियो ।

रिपोर्ट अनुसार २३७ बिरामीहरूलाई यो परीक्षण गरिएको थियो । यी बिरामीहरू मध्ये, १५८ लाई रेमडेसिवयरदिइयो र बाँकी ७९ जना व्यक्तिलाई प्लेसीबो दिइयो । एक महिना पछि रेमडेसिवयर लिने १३.९ बिरामीको मृत्यु भयो र प्लेसीबो लिने १२.८ प्रतिशत बिरामीको पनि ज्यान गयो ।

हुन त साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यस औषधिको पछाडि एक अमेरिकी कम्पनि गिलियड साइन्स थियो ।

यो औषधिका बारे धेरै आशा थियो । तर बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब रेमडेसिवयर औषधि दिएका बिरामीको रगतमा किटाणुहरु कम भएन । यस असफलताको रिपोर्ट विश्व स्वास्थ्य संगठनद्वारा विस्तृत रूपमा प्रकाशित गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पछि भन्यो कि ड्राफ्ट रिपोर्ट अपलोडमा त्रुटी भयो र अहिले रिपोर्ट हटाइयो ।

कम्पनीले के भन्यो ?
अमेरिकी कम्पनी गिलियड साइन्सले विश्व स्वास्थ्य संगठनको पोष्टलाई लिएर बिरोध जनायो । अमेरिकी फर्म गिलियड साइन्सका प्रवक्ताले भने, ‘हामी यो पोस्टमा अध्ययनसँग सम्बन्धित अनुपयुक्त जानकारी रहेको विश्वास गर्दछौं ।’

उनी भन्छन् कि यो धेरै नामांकन हुनुका कारण धेरै पहिले हटाइएको हो र यस्तो अवस्थामा यो धेरै अर्थपूर्ण थिएन ।

यो परीक्षण असफल भएको हुन सक्छ । तर यो औषधिलाई अगाडि बढाउन सबै मार्गहरू बन्द भएको होइन आगामी दिनमा यसमा थप परीक्षणहरू हुनेछन् र थप नतिजाहरु अगाडि आउनेछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्