Logo
|
Friday 19th April 2024
Logo

epaper

आगामी वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने मन्त्रीपरिषद निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद वैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको लकडाउनको म्याद १० दिनसम्म थप्ने निर्णय गरेको हो ।

बैशाख १५ गतेसम्मको लकडाउन २५ गतेसम्म कायम रहने छ । सरकारले मुलुकमा चैत्र ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । त्यसपछि पटकपटक म्याद थप्दै आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भएर घर फर्किएका छन् । अन्य ३५ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्