Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड -१९ संक्रमितको तुलनामा निको हुने देशहरुमा स्पेन, जर्मनी, टर्कीलगायतका देश अगाडि

विश्वमा कोरोना संक्रमितको संख्या ३० लाखको हाराहारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसबाट अमेरिका निकै प्रभावित छ । अमेरिकामा अहिलेसम्म ५५ हजार ४१५ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ लाख ८७ हजार ३२२ जना संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, अमेरिकामा अहिलेसम्म १ लाख १८ हजार ७८१ जना निको भएका छन् । अमेरिकामा निको हुने संख्या अन्य देशको तुलनामा बढी नै छ । तर संक्रमितको दृष्टिकोणबाट हेर्दा भने निकै कम हो ।

तर स्पेनमा कोभिड १९ संक्रमितको तुलनामा निको हुनेहरुको संख्या धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख २६ हजार ६२९ संक्रमितमध्ये १ लाख १७ हजार ७२७ निको भएका छन् भने २३ हजार १ सय १९० जनाको ज्यान गएको छ ।

कोभिड १९ संक्रमितमध्ये तेस्रो स्थानमा रहेको इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६७५ जना संक्रमित भएका छन् । इटलीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना निको भएका छन् भने २६ हजार ६४४ को मात्र ज्यान गएको छ ।
यसैगरी फ्रान्समा अहिलेसम्म १ लाख ६२ हजार १०० संक्रमित भएकामध्ये ४४ हजार ९०३ जना निको भएका छन् भने २२ हजार ८५६ को ज्यान गएको छ ।
यता जर्मनीमा कोभिड १९ संक्रमितको तुलनामा मृत्यु हुनेहरुको संख्या निकै कम छ । जर्मनीमा १ लाख ५७ हजार ७७० संक्रमितमध्ये १ लाख १२ हजार निको भएका छन् भने ५ हजार ९७६ जनाको मात्र ज्यान गएको छ ।
यसैगरी बेलायतमा १ लाख ५२ हजार ८४० संक्रमित भएकामध्ये २० हजार ७३२ को ज्यान गएको छ ।
टर्कीमा संक्रमितको तुलनामा कमैको ज्यान गएको छ । टर्कीमा १ लाख १० हजार १३० संक्रमितमध्ये २९ हजार १४० निको भएका छन् भने २ हजार ८०५ जनाको मृत्यु भएको छ ।
यसैगरी इरानमा पनि संक्रमितको तुलनामा धेरै निको भएका छन् । इरानमा ९० हजार ४९१ जना संक्रमितमध्ये ६९ हजार ६५७ जना निको भएका र ५ हजार ७१० जनाको ज्यान गएको छ ।
कोभिड १९ संक्रमितमध्ये नवौं स्थानमा पुगेको चीनमा अहिलेसम्म ८२ हजार ८३० जना संक्रमितमध्ये ७७ हजार ४७४ जना निको भएका छन् । चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३३ रहेको छ ।

विश्वका २१० देशमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट अहिलेसम्म २९ लाख ९४ हजार ९५८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ लाख ७८ हवा ९२३ जना निको भएका छन् भने २ लाख ६ हजार ९९७ को ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्