Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल औषधि उत्पादक संघद्धारा नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरिएको हो ।

चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरु लाई सबैले सजिलै चिन्न सकिने गरी बनाइएको उक्त ज्याकेटको प्रयोगले यो कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारिले बताउनुभयो ।
सो अवसरमा नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल र महासचिव बिप्लव अधिकारीले ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्षले सन्तोष बरालले मुलुकमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराउनु भएको थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानका लागि लडिरहेको र यो समयमा चिकित्सकहरुलाई नेपाली औषधि उत्पादकहरुले गर्नु भएको सहयोगको लागि आफू, संघ र सम्पूर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । यि ज्याकेटहरु सकेसम्म चाडो देश भरिका चिकित्सकहरुमा पुर्याइने छ ।

बिगत केही दिन अगाडि चिकित्सकहरु माथि पहिचान नभएका कारण भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आवश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्