Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको सिकिस्त अवस्थामा वीर अस्पतालको आईसियू कक्षमा उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष एवं वरिष्ठ नर्स विष्णु राईको वीर अस्पतालको आईसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ ।

यसअघि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइँदै आएकोमा स्वास्थ्यमा क्रमिक सुधार आएकाले सघर उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभएको छ । राई ७७ वर्षकी हुनुहुन्छ ।

उहाँले ५७ वर्षदेखि नर्सिङ सेवामा आवद्ध रहेर देश र जनताको सेवा गरिरहनुभएको छ ।
दुवै मिर्गौला विफल भएका कारण अध्यक्ष राईले नियमित डायलाईसिस गराउँदै आउनुभएको छ । राई ललितपुर नर्सिङ कलेजकी प्रमुख हुनुहुन्छ । उहाँ नेपालको पहिलो ख्रिष्टियन नर्स हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्