Logo
|
Friday 19th April 2024
Logo

epaper

मानिसमा डिस्इन्फेक्ट छर्किनु हानिकारक



जनस्वास्थ्य सरोकार, काठमाडौं । विभिन्न स्पे्हरुमार्फत डिस्इन्फेक्ट (निःसंक्रमण) गर्ने कार्यहरु भइरहेको कुराहरु हामीले पढ्न, सुन्न र देख्न पाएका छौं । केही दिन यता देशका विभिन्न स्थानहरुमा किटनाशक झोलहरु स्प्रे गरेको खबरहरु छन् । मानिसमा यस्ता किटनाशक झोलहरु छरेका दृश्यहरु पनि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आइरहेका छन् । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्ट छर्किनु हानिकारिक भएको ठहर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०२० मे ४ को मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको डिस्इन्फेक्सनबारेको जानकारी उहाँको आफ्नै शव्दमा ।


डिस्इन्फेक्ट के हो ?
यसरी छरिने डिस्इन्फेक्ट प्राय पानीमा मिसाइको सोडियम हाइपोक्लोराइट र घरेलु ब्लिज क्लोरिनको झोल हो । शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि यसले केही काम गर्दैन । अल्कोहल, कुनै ब्लिज, किटनाशक झोल, क्लोरिन जस्ता डिस्इन्फेक्टहरु जो शरीरमा लगाउँदा वा छर्दा यो भाइरस मर्दैन किनभने यो भाइरसको बृद्धि त हाम्रो मानिसको शरीरमा रहेका कोषभित्र भइरहेको हुन्छ । त्यसैले मानिसमा सिधै यस्ता किटनाशक पदार्थहरु छर्किनु हानिकारक छ ।

कस्तो असर गर्छ ?

यस्ता झोलहरुले हाम्रा आँखा, मुख, नाक, आदिमा धेरै हानी पुर्याउँछ । यस्ता डिस्इन्फेक्टहरु सही तरिकाले प्रयोग नगर्दा श्वासप्रश्वासम्बन्धि विभिन्न समस्याहरु उत्पन्न भएका विभिन्न अध्ययनहरुले देखाएका छन् ।तथापी तोकिएको मापदण्ड पूरा गरेर सही तरिकाले सही मात्रामा यस्ता डिस्इन्फेक्टहरु प्रयोग गरिएको खण्डमा यस्तो स्प्रेहरुले भूइँ र सतहहरुलाई भने निःसंक्रमण गर्न मद्धत गर्छन् ।

साथै विभिन्न सवारी साधनहरु, हामीले छुने गरेका विभिन्न वस्तुहरु, सतहहरु, प्याकिङ गरिएका सामाग्रीहरु आदिमा स्प्रे गरेर ति सतहलाई निःसंक्रमण गर्न भने सकिन्छ ।

समाधानको उपाय के त ?
कोभिड—१९ कोरोना भाइरसबाट जोगिने सबैभन्दा सरल र महत्वपूर्ण प्रभावकारी उपाय भनेको २० सेकेन्डसम्म मिचि मिची साबुनपानीले हात धुनु नै हो । यसका साथै लकडाउनलाई पालना गरेर सामाजिक दूरी कायम गर्नाले यो भाइरसको संक्रमणबाट हामी जोगिन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्