Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना खोपः विश्वका शीर्ष नेताहरूको अनुपम र बलियो पहल



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले धेरै पटक भनेको छ —‘प्रभावकारी खोप वा औषधि बिना कोरोना भाइरस नियन्त्रण गर्न गाह्रो छ ।’ संयुक्त राष्ट्रसंघले पनि भनेको छ—‘खोप सामान्य जीवनमा फर्कने एक मात्र विकल्प हो ।’


आज सम्पूर्ण विश्व कोरोना भाइरससँग संघर्ष गर्दैछ । मृतकहरुको संख्या बढेर २ लाख ५० हजार नाघिसकेको छ र र संक्रमितहरुको संख्या करिब ३६ लाख लाख पुगेको छ । यस्तो अवस्थामा संसारभरि भ्याक्सिनको काम छिटो भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोना खोप आउने दाबी गरेका छन भने युरोपियन देशका धेरै शीर्ष नेताहरूले खोप बनाउने दिशामा काम अघि बढाएका छन् ।

यी नेताहरूले भनेका छन्—‘विश्वले खोप बनाउने काममा साथसाथै आउनुपर्दछ र यसको लगानीको लागि एकजुट हुनु आवश्यक छ ।’

खुला पत्रमा वाचा

युरोपका केही शीर्ष नेताहरूले एक संयुक्त खुला पत्रमा उनीहरू खोपका लागि ८.३ अर्ब डलर जुटाउने आश्वासन दिएका छन् ।
ब्रसेल्सको नेतृत्वमा भएको यो पहल युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले गरेका थिए ।

यस पत्रमा हस्ताक्षर गर्नेहरूमध्ये इटालीका प्रधानमन्त्री ज्युसेपे कोंटी, जर्मनीका चांसलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि छन् ।

यस खुला पत्रमा यी नेताहरूले भनेका छन्—‘कोरोना खोपका लागि उठाइएको कोषले वैज्ञानिक र नियामकहरू, उद्योग र सरकारहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र स्वास्थ्यकर्मीहरू सम्मिलित गर्ने एउटा असाधारण अन्तर्राष्ट्रिय सहयोगमा सहयोग पुर्याउँछ ।’

यो चिठ्ठीमा यो पनि भनिएको छ—‘यदि हामी विश्वको तर्फबाट सम्पूर्ण विश्वका लागि खोपहरू बनाउन सक्छौं, भने यो २१ औं शताब्दीमा विश्वका जनताको भलाइका लागि अनौंठो कुरा हुनेछ ।

संयुक्त राज्य अमेरिका बाहेकका यी नेताहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रयासको प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको धेरै पटक आलोचना गरेका छन् र आरोप लगाएका छन् कि संगठनले मानिसहरूलाई सही समयमा सचेत गर्दैन ।

सोमबार अर्थात २०२० मे ४ मा एक अनलाइन सम्मेलन पनि आयोजना गरे, जसमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, नर्वे, साउदी अरेबिया र युरोपियन आयोगले भाग लिएका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि खोपका लागि सँगै मिलेर काम गर्न अपील गरेका छन् । ध्यान दिनुपर्ने कुरा के छ भने बेलायतको अक्सफोर्ड युनिभर्सिटीले केही दिन अघि खोपको मानवीय परीक्षण शुरू गरिसकेको छ, जसको नतीजाहरू आगामी केही महिनामा आउनेछ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू तिनीहरूको परीक्षण सफल हुने आशा गर्छन् ।

ट्रम्पले खोपको बारेमा के भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी यस वर्षको अन्त्य सम्ममा कोरोना भाइरस खोप बनाउने कुरामा निश्चित छन् ।

ट्रम्पले यो कुरा टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्तामा बताएका थिए । अन्तर्वार्तामा उनले श्रोताहरूले सोधेका धेरै प्रश्नहरूको जवाफ पनि दिए ।

कोविड—१९ खोप सम्बन्धी प्रश्नमा ट्रम्पले भने —‘म विश्वस्त छु कि यस बर्षको अन्त्यसम्म हामी खोप लिनेछौं ।’
यस वर्षको सेप्टेम्बरमा, स्कूल खोल्ने बारेको प्रश्नको जवाफमा ट्रम्पले भने कि उनी बुढेसकालका धेरै शिक्षकहरुमा चिन्तित छन् जसले संक्रमणको बढी जोखिममा पर्ने हुन सक्छ, तर यसमा उनल थपे —‘स्कूल खोलिनु पर्छ ।’
उनले कोरोनाका लागि प्रजातान्त्रिक नेताहरूको आलोचना गरे र भने कि यदि भाइरसको कारण स्थिति खराब भयो भने यो उनको राजनीतिक हितमा हुनेछ ।

उनले अन्तर्वार्ताको क्रममा हाइड्रोक्सीक्लोरोक्वाइनको बारेमा पनि कुरा गरे र भने कि उनको कम्पनीले औषधि उत्पादन गर्ने कम्पनीमा भाग लिदैन । त्यसैले यसको प्रयोगमा कुनै हानि छैन कमसेकम यसले मानिसहरूलाई मार्दैन ।

ट्रम्पलाई यो प्रश्न पनि सोधिएको थियो कि किन उनले पहिले नै भाइरसको बारेमा कडा कदम चालेका थिएनन् ।

यसको जवाफमा ट्रम्पले भने कि इंटेलिजेंस स्रोतले ‘जनवरी २ यल मा मलाई भन्यो कि भाइरस आउन सक्छ, तर यो त्यति महत्वपूर्ण थिएन ।’ उही समयमा, ट्रम्पले यो पनि भने कि उनले पहिले नै चीनबाट आउने उडानहरू रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्