Logo
|
Friday 19th April 2024
Logo

epaper

कपडाको मास्कले कोरोनाबाट बचाउँँदैन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मास्कको प्रयोग कसरी गर्ने ? कुन अवस्थामा कस्ता खाले मास्क लगाउने ? यो रोग एक व्यक्तिबाट अर्कोमा कसरी सर्छ ? मास्कको प्रयोगले यसमा कस्तो भूमिका खेल्छ ? यसबारे केही टिप्सहरु दिँदै हुनुहुन्छ विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत डा. राजन बिक्रम रायमाझी । उहाँले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बताउनुभएको कुरा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।


कोरोना कसरी सर्छ ?
कोभिड १९ कोरोना भाइरस मुख्यताया फोक्सो र घाँटीमा रहन्छ । रोग लागेको व्यक्तिले हाँछ्यू अथवा खोक्दा यो रोग अरुलाई सर्ने सम्भावना रहन्छ ।
रोग लागेको व्यक्तिले खोक्दा वा हाँछ्यु गर्दा उछिटिएका छिटाहरुमा रोगका किटाणुहरु रहेका हुन्छन् र यी छिटाहरु हावारहीत भूईमा झर्ने सम्भावना रहन्छ ।

छिटाहरु छालामा परेमा सर्छ ?
रोग सर्नका लागि स्वस्थ्य व्यक्तिको नाक, मुख वा आँखामा यी छिटा परेमा सर्ने गर्दछ । तर यी छिटाहरु छालामा पर्दैमा यो रोग सर्ने सम्भावना रहँदैन । तर छालामा परेको छिटा मुख र नाक आँखा चलाउँदा भने यो रोग सर्ने सम्भावना रहन्छ ।
विकल्प के त ?

तसर्थ अरु व्यक्तिबाट एक मिटर वा सो भन्दा बढी पर बसेमा यी छिटा हामी समक्ष पर्दैनन् । यस्तो अवस्थामा मास्क नलागाएको खण्डमा पनि खासै फरक पर्दैन । यसका साथै बेलाबेलामा साबुनपानीले मिची मिची हात धोएमा छालाको माध्यमबाट रोग सर्ने सम्भावना न्युन रहन्छ । हाँछ्यू गर्दा कुहिनो बंग्याउँदा अरुमा छिटा पर्ने सम्भावना पनि कम रहन्छ । एक मिटर वा सो भन्दा बढी पर बसेमा सर्जिकल मास्कको आवश्यकता पर्दैन ।

कस्तो अवस्थामा मास्कको जरुरी पर्छ ?
कोरोनाका बिरामीको हेरचाह गर्ने परिवारका सदस्यले हेरचाह गर्ने वखत मास्क वा पञ्जाको प्रयोग गर्नुपर्छ । साथै बिरामीले हरदम मेडिकल मास्कको प्रयोग गर्नुपर्छ ।
कोरोनाका बिरामीको उपचार नगर्ने स्वास्थ्यकर्मीले पिपिई अर्थात विशेष स्वास्थ्य कवच लगाउनुपर्ने हुँदैन । कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीहरु जो प्रत्यक्ष बिरामीको संम्पर्कमा आउँछन् उनीहरुले मास्क, पञ्जा, गाउन, आई प्रोटेक्सन लगाउनुपर्छ । स्वास्थ्यकर्मीहरुले विशेष अवस्थामा कोरोनाको बिरामीको उपचार गर्दा आईसियूमा भने एन ९५ को मास्कको समेत प्रयोग गर्नुपर्छ ।

कपडाको मास्क कतिको सुरक्षित छ ?
कपडाको मास्कले यस रोगबाट बचाउँदैन । तर लगाउन भने सकिन्छ । यसले संक्रमणबाट नबचाएपनि संक्रमणको गति कम गर्न सकिन्छ । साथै यी मास्क धुने र सुकाउने गर्नुपर्छ र निसंक्रमणको विधि अपनाउनुपर्छ ।

पिपिइको दुरुपयोग नगर्ने
विश्वर मास्क गाउन साथै विशेष स्वास्थ्य कवच अर्थात पिपिईको कमी रहेको छ । त्यसैले मेडिकल मास्क स्वास्थ्यकर्मीहरुको प्रयोगका लागि हुनुपर्छ र अत्यन्त आवश्यक नभएसम्म विशेष सुरक्षा कवज पिपिईको प्रयोग गर्न हुँदैन । पिपिई स्वास्थ्यकर्मीको प्रयोगका लागि सुरक्षित राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्