Logo
|
Thursday 25th April 2024
Logo

epaper

ओम सर्जिकल कन्सर्नले १९ करोड रुपियाँ मूल्यको स्वास्थ्य सुरक्षा सामाग्री पिपिई सरकारलाई बुझायो



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्नले कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने करिब १९ करोड रुपियाँ बराबरको स्वास्थ्य सुरक्षा सामाग्री पिपिई सरकारलाई उपलब्ध गराएको छ ।

ओम सर्जिकल कन्सर्न प्रा.लि.ले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रीहरुमा विभिन्न साइजका १२ लाख ५० हजार पिस मास्क, ८५ हजार पिस गाउन , ३० हजार पिस सु—कभर, २ लाख ग्लोब्स, ३० हजार डिस्पोजेबल क्याप, ५ हजार २ सय पिस हेवी ड्युटी ग्लोब्स रहेका छन् । सो सामान स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखालाई बुझाएको छ ।

ओम सर्जिकल कन्सर्नले पिपिई आपूर्तिका लागि आफूलाई परेको टेन्डरका सामान जतिसक्दो चाँडो आपूर्ति गर्न ४८ हजार डलर अतिरिक्त शुल्क तिरेर नेपाल एअरलाइन्सको चार्टर्ड प्लेन नेपालबाट मे ६ मा बेइजिङ पठाएको थियो । मे ७ तारेख बिहान ८ बजे सरकारको स्वास्थ्य सामाग्री लिएर नेपाल एअर लाइन्सको चार्टर्ड बिमान नेपाल अवतरण भएको थियो । भन्सार प्रक्रिया पुर्याएर ७ तारेखमा नै उपलब्ध गराउने भनिएको सो सामान वुद्ध जयन्तिका कारण सरकारी विदा भएकाले आज अर्थात मे ८ तारेखमा आपूर्ति गरिएको हो ।

सामान बुझाउनुपर्ने मे २ तारेख भएपनि चाइना सरकारको रुल्स चेञ्जका कारण नेपाल ल्याउन ४ दिन ढिलो भएको प्रबन्ध निर्देशक भण्डारीले बताउनुभयो । यस अघि नै ल्याउन लागिएका यी सामाग्रीहरु गत अप्रिल २६ तारेखमा चाइना कस्टमले रुल चेञ्ज गरेकाले अप्रिल २८ तारेखको चीनको ग्वान्जाउको उडान रद्ध गर्नुपरेको थियो ।

सरकारको नियम अनुसार सबै प्रक्रिया पुर्याएर त्यो सामानलाई बेइजिङ डायभर्ट गरेर जति सक्दो चाँडो नेपाल ल्याउन सफल भएको प्रबन्ध निर्देशक भण्डारीले बताउनुभयो । ग्वान्जाउबाट ल्याउँदा त्यहाँको एअरपोर्ट एकदमै व्यस्त र २० तारेख भन्दा यता प्लेन अवतरण गर्ने समय नै नपाएको उहाँले जानकारी गराउनुभयो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखालाई ओम सर्जिकलमार्फत दिनुपर्ने करिब १९ करोड रुपियाँ बराबरको सामान हो । यसमा केमिल एण्ड सर्जिकल एसोसिएन अफ नेपाल (केमसान) का सम्पूर्ण टिमको सहकार्यता रहेको छ ।
प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो — ‘यस्ता सामान कावुभन्दा बाहिर भएको परिस्थितिमा टेन्डरको शर्तमा म्याद थप्न सकिने प्रावधान रहेको हुन्छ ।’
सामान आपूर्ति टेन्डर एग्रिमेन्ट गरेको मितिभन्दा ४ दिन ढिला भएको छ । ढिला हुनुको कारण चाइना सरकारको रुल्स चेञ्ज गर्नाका कारण हो । यो कुरा सरकारी कर्मचारीहरुलाई पनि थाहा छ । यो कावु भन्दा बाहिरको परिस्थिति बुझ्न जरुरी हुन्छ ।

‘हामीले चाँडोभन्दा चाँडो सामान आपूर्तिका लागि थप भाडा तिरेका छौं । जसका लागि हामीले प्लेन ग्वान्जाउ नपठाएर वेइजिङ पठाएका थियौं । नेपालबाट चार्टर्ड गरेर सोझै वेइजिङ गएको यो पहिलो ऐतिहासिक उडान पनि हो । ’—प्रबन्ध निर्देशक भण्डारीले भन्नुभयो—‘हामीले अहोरात्र खटेर सस्तो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउन सरकारसँग हातेमालो गरिरहेका छौं ।’

स्वास्थ्य सामाग्री आपूर्तिका लागि जम्मा ३ वटा फर्मले टेन्डर पाएका थिए । ओम सर्जिकल कन्सर्न प्रा.लि.लाई करिब १९ करोड परेको थियो । यो एसोसिएसन टिम मिलेर गरेको छ ।
लुम्बिनी हेल्थकेयरले करिब १ करोड ६० लाख रुपियाँ बराबरको सामान आपूर्तिका लागि टेन्डर पाएको थियो । जुन दिइसकेको अवस्था छ । हाम्रो मेडिको नामक सप्लायर्स कम्पनिको ८ करोड रुपियाँ जतिको सामान आपूर्तिका लागि टेन्डर परेको थियो । उसले आगामी मे १२ तारेखमा ल्याउने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्