Logo
|
Saturday 20th April 2024
Logo

epaper

चीनद्धारा कोभिड १९ रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड १९ रोकथाम तथा उपचारका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा ४० हजार युनिट पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन् ।

गत शुक्रबार र शनिबार ति स्वास्थ्य सामाग्री नेपाल ल्याइएको थियो ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ति स्वास्थ्य सामाग्री हन्तारन्तरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्