Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वमा एकैदिन थपिए १ लाख बढी कोभिड १९ संक्रमित, संक्रमितको संख्या ५० लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वका २१३ देशमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दो गतिमा छ । जोन्स हप्किन्स विश्वविद्यालयले विश्वभरि कोरोना संक्रमितको संख्या ५० लाख नाघेको जनाएको छ । यो समाचार तयार पार्दासम्म हाल संसारभर संक्रमितहरुको कुल संख्या ५० लाख ९१ हजार ५५ पुगेको छ ।

गत २४ घण्टामा केवल एक लाख ६ वटा नयाँ संक्रमितहरु थपिएका छन् । एकैदिन संक्रमित भएको यो सबभन्दा ठूलो संख्या हो । यसैगरी जोन्स हप्किन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार, अमेरिकामा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या ९४ हजार ९४१ पुगेको छ । यो संख्या चाँडै १ लाख पार गर्ने विज्ञहरुले विश्वास गरेका छन् ।

अमेरिकामा संक्रमितहरूको कुल संख्या बढेर अब १५ लाख ९३ हजार ३९ पुगेको छ ।
यो भाइरसका कारण विश्वभर ३ लाख २९ हजार ७६२ व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्