Logo
|
Wednesday 24th April 2024
Logo

epaper

३८ हजार ७ सय ३६ पिसिआर गर्दा ४५३ कोभिड १९ पुष्टि, ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो थप ९ जनामा संक्रमित पुष्टि अपडेटसँगै मुलुकमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ४५३ पुगेको छ । जसमा ३८३ जना पुरुष र ७० जना महिला रहेका छन् । बिहीबार मात्र २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका थिए ।

यसैगरी बिहीबार कोभिड १९ संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाहरुको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्