Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहीबार साँझ थप तीन जनामा कोभिड १९ पुष्टि भएको छ । योसँगै मुलुकमा कोभिड १९ संक्रतिहरुको संख्या ४५७ पुगेको छ ।

बिहीबार साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना

यसैगरी बिहीबार कोभिड १९ संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाहरुको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्