Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालगञ्जमा २१ जनासहित मुलुकमा ७० जनाले जिते कोरोना



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्जका २१ जना कोभिड १९ कोरोना भाइरस संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोभिड १९ कोरोना भाइरस जित्नेको संख्या ७० पुगेको छ ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

आज कोभिड १९ निको भएर फर्कने व्यक्तिहरु २१ देखि ६० वर्षसम्म उमेर समूहका रहेका छन् । अन्यको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्