Logo
|
Thursday 18th April 2024
Logo

epaper

कैलाली, डडेल्धुरा, बैतडी, बाँके र सुनसरीका २० जनामा थप पुष्टिसहित कोराना संक्रमितको संख्या ५०० नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह थप २२ जनामा कोरोना संक्रमण पुष्टि गरेसँगै कोरोना संक्रमतिहरु ५०७ पुगेको हो । यसमा पुरुषहरु ४३३ र महिला ७४ जना रहेका छन् । यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना पुष्टि भएको थियो ।

अपरान्ह सेति प्राादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका जानकी नगरपालिकाका १९,२३ र २६ वर्षका ३ जना पुरुष, डडेल्धुरा परशुराम १० का २८ वर्षीय १ जना पुरुष, बैतडी शिवनाथका २२ वर्षीय १ जना पुरुष, बाँकेको राप्ति सोनारी र नरैनापुरका १८ वर्षदेखि ६१ वर्षका १४ जना पुरुष, जसको भेरि जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । मोरङ रतुवामाइका ४० वर्षीय पुरुषमा कोभिड १९ पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा २७ हजार ८ सय २० जना रहेका छन् । कोभिड १९ पुष्टि भएका ४३३ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरानो संक्रमण देखिएका जिल्लाहरुमा ४१ पुगेको छ । यसैगरी हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरिडिटीबाट ८२ हजार ११६ जनाको कोभिड १९ परीक्षण भएको छ ।

हालसम्म कोभिड १९ संक्रमितमध्ये ७० जनाले कोरोना जितेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्