Logo
|
Friday 19th April 2024
Logo

epaper

शुक्रबार मात्र ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ५१६ पुगेको छ । शुक्रबार मात्र ६९ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुका अद्यावधिक गरेको कोभिड १९ पुष्टि भएकाहरुमा बारा जिल्लाका थप ९ जना रहेका छन् । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा रहेका छन् । उनीहरुको उमेर २२ देखि ४५ वर्ष रहेको छ । यसअघि अपरान्ह २० र बिहान ३० जना कोभिड १९ पुष्टि गरेको थियो ।
हालसम्म क्वारेन्टाइनमा २७ हजार ८ सय २० जना रहेका छन् । कोभिड १९ पुष्टि भएका ४३३ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरानो संक्रमण देखिएका जिल्लाहरुमा ४१ पुगेको छ ।
यसैगरी हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरिडिटीबाट ८२ हजार ११६ जनाको कोभिड १९ परीक्षण भएको छ ।

हालसम्म कोभिड १९ संक्रमितमध्ये ७० जनाले कोरोना जितेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्