Logo
|
Friday 29th March 2024
Logo

epaper

बढ्यो स्वास्थ्यमा बजेटः स्वास्थ्यमा ९० अर्ब ६९ करोड बिनियोजन, कुन कुन क्षेत्र प्राथमिकतामा परे ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि ९० अर्ब ६९ करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा झन्डै २२ अर्ब भन्दा बढी रकम हो । गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले स्वास्थ्यमा ६८ अर्ब ७८ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्नुभएको छ ।

यसैगरी सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारका लागि ६ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको छ । यस वर्ष कोरोना महामारी तथा संक्रामक रोग रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ । विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गरिने व्यवस्थाका लागि बजेट बिनियोजन गरिएको छ । यसका साथै नेपाल प्रवेश नाकाहरुमा आवश्यक उपकरणसहित हेल्थ डेस्क स्थापना गरिनेछ ।

कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार गरिने भएको छ ।

स्वास्थ्य पुर्वाधार निर्माण, स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकासमा जोड दिइएको छ । स्वास्थ्य पुर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गर्न बजेट विनियोजन गरिएको छ ।
काठमाडौं उपत्यकामा ३ सय शैयासम्मको छुट्टै सरुवा रोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेशमा रहेका सरकारी अस्पतालमा थप २ सय ५० शैयाका आइसीयु बेड भएका अस्पताल स्थापना गरिने छ । सातवटै प्रदेशका राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ ।
पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर,भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरि विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय स्तरमा आधारभुत अस्पताल निर्माण गरिने छ । स्थानीय तहमा ५ देखि १५ शैयासम्मका थप २ सय ७२ अस्पताल स्थाना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको छ ।

एक चिकित्सक, एक स्वास्थ्य संस्थाको व्यवस्थाको शुरुवात गरिने भएको छ । स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गरी नसर्ने रोगको जाँच सहितको व्यवस्थाका लागि ५ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । तीन वर्षभित्र सबै नागरिकमा स्वास्थ्य बीमा गरिने र यसका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रि मापदण्ड अनुुरुप बनाइने तथा सबै प्रदेशमा अत्याधुुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न जोड दिइएको छ ।

सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपमुक्त देश बनाइने घोषणा गरेको छ । कुष्ठ रोेग, क्षय रोग, एड्स रोग नियन्त्रण गर्नका लागि ४ अर्ब २२ करोड बजेट बिनियोजन गरिएको छ ।

राजमार्गको बढी दुर्घटना हुने ठाउँमा ट्रमा सेन्टर स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल, फुड एन्ड डग एडमिनिस्ट्रेसन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण निर्माणका लागि पिन बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्