Logo
|
Thursday 25th April 2024
Logo

epaper

मुलुकमा कोरोना संक्रमित १ हजार २१२, २०६ निको, ६ जनाको ज्यान गयो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार मात्र एकै दिन थप १७० जना कोरोना पुष्टि भएका छन् ।

शुक्रबार मात्र काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट २ र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना गरी १९ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म कोरोना निको भएर घर जानेहरुको संख्या २०६ पुगेको छ । कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, कोरोना संक्रमितमध्ये छैटौ ज्यान व्यक्ति अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन् । उनको बुधबार राति मृत्यु भएको हो । मृतक हालै भारतबाट आएका थिए ।

अहिले ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका र संक्रमणको आशंकामा आइसोलेसनमा १ हजार जना राखिएको छ ।
हालसम्म मुलुकमा पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
मुलुकमा प्रदेश नम्बर ५ र २ मा अत्यधिक कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्