Logo
|
Friday 19th April 2024
Logo

epaper

५७ जिल्लामा फैलियो कोरोना, संक्रमित १५६७, निको २२०, मृत्यु ८ जना



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १६६ जना कोभिड १९ कोरोना भाइरस संक्रमित भएका छन् । यासँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या १५ सय ६७ पुगेको छ ।

मुलुकका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।  यसैगरी मुलुकमा कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या आठ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो । यसअघि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ जना थियो ।

दैलेखका पुरुषको शनिबार र बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ । जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन् । आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको थियो ।

हालसम्म मुलुकमा क्वारेन्टाइनमा एक लाख १९ हजार १ सय ९२ जना र आइसोलेसन १ हजार ३ सय ४९ जना रहेका छन् । नेपालमा अहिलेसम्म पिसिआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट १ लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ । हालसम्म देशमा ५७ जिल्लामा संक्रमण फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्