Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मंगलबार २ सय ८८ जना संक्रमित, कुल संक्रमित २०९९ , संक्रमित जिल्ला ६१ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं — मुलुकमा मंगलबार मात्र २ सय ८८ जनामा कोभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । उनीहरुमध्ये २७० पुरुष र १८ जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोभिड १९ संक्रमितहरुको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ९ सय ४९ जना पुरुष र १५० महिला रहेका छन् । सोमबार मात्र २ सय ३९ जनाका कोरोना पुष्टि भएको थियो ।

पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ ।

हालसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट २ हजार ५ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । १ लाख ४५ हजार ३ सय ७५ क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेको अधिकांश भारतबाट नेपाल भित्रिएका व्यक्ति छन् ।

नेपालमा ७७ मध्ये ६१ जिल्लामा सङ्क्रमण रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।
पछिल्लो पटक ४५ जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षीया १ महिला (१० दिनमा डिस्चार्ज), गुल्मी अस्पतालबाट ३१ वर्षीय १ जना पुरुष (८ दिनमा डिस्चार्ज), भिम अस्पतालबाट २५ जना ( रुपन्देहीका ५ देखि ५० वर्षका ४ जना महिला र १२ जना पुरुष गरी १६ जना, उनीहरु ११ देखि २१ दिनको अवधिमा निको भएर डिस्चार्ज, कपिलवस्तुका १९ देखि ३६ वर्षका ९ जना पुरुष ११ देखि २१ दिनमा डिस्चार्ज), यसैगरी धरानमा १८ जना डिस्चार्ज भएका छन् उनीहरुमध्ये सुनसरीकी ५१ वर्षीया महिला जो १२ औं दिनमा डिस्चार्ज, झापाका १७ देखि ५२ वर्ष उमेरका १७ जना पुरुष, उनीहरु १२ देखि १४ दिनमा डिस्चार्ज) भएका छन् ।
यसरी कोभिड १९ निको हुनेहरुको संख्या २६६ पुगेको छ । जसमा पुरुष २१२ र महिला ५४ जना रहेका छन् । हालसम्म संक्रमितमध्ये ८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्