Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सेवा सुचारु, अस्पताल निर्मलीकरणको काम सकियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले आफ्ना सम्पूर्ण सेवा सुचारु गरेको छ ।

सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षाका लागि, आस्पताललाई निर्मलीकरण गरी फेरि सुरक्षित तरिकाले सुचारु गर्न अस्पतालको अन्तरङ्ग सेवाबाहेकका सम्पूर्ण सेवाहरु थोरै समयका लागि स्थगन गरेको जानकारी गराइएकोमा आज बेलुका ५ बजेदेखि यस अस्पतालको आकस्मिक तथा अन्य तेह्रवटा विभागको अन्तरङ्ग तथा बहिरङ्ग सेवा सुचारु गरेको सुचना प्रकाशित गरिएको छ ।

कुन कुन विभाग सुचारु भए ?
हाल सुचारु भएका विभागहरुहरुमा युरो सर्जरी, जनरल सर्जरी (सामान्य शल्यचिकित्सा), न्युरो सर्जरी, न्युरोलोजी (नशा सेवा), कार्डियोलोजी (मुटुरोग), डायलाईसिस, रेडियोलोजी, साइक्याट्रिक (मनोरोग), पिडियाट्रिक्स (बाल रोग), इएनटी (नाक,कान, घाँटी), डर्माटोलोजी (चर्म रोग), प्याथोलोजी र कम्युनिटी मेडिसिन रहेका छन् ।

काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल एवं कार्यकारी प्रमुख प्रा.डा. चन्दा कार्कीले भन्नुभयो—‘अस्पतालमा सेवा प्रवाहरत अवस्थामा २ जना सेवाग्राही बिरामी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड १९ पोजेटिभ देखिएकाले संक्रमण नियन्त्रणका लागि सम्बन्धि कक्षहरुलाई निर्मलीकरण गरी सेवाहरुलाई पुनव्र्यवस्थित गर्न अत्यन्त आवश्यक ठान्यौं । सो कार्य सम्पन्न गरेर हामीले साविक समय तालिका बमोजिम सेवा सुचारु गरेका छौं ।’

कोभिड १९ महामारीमा सकारलाई साथ
आज कोविड—१९ को संक्रमणबाट सम्पूर्ण विश्व लडिरहेका बेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आफ्नो ज्यान जोखिममा राखेर पनि मानव जीवन रक्षा गर्ने आफ्नो धर्ममा समर्पित हुनु निकै सह्रानीय छ । त्यसैले हामी जो कोहीले पनि उहाँहरुको मनोवल उच्च राख्न सहयोग गर्नुपर्छ ।

यो चुनौतीपूर्ण अवस्थामा कलेजले नेपाल सरकारको निर्देशन र मापदण्ड पालना गर्दै, कोभिड स्क्रिनिङ्ग क्लिनिक सञ्चालन गरी, ट्राएजिङ्गको व्यवस्था गरी अर्को तहको स्क्रिनिङ्ग पनि गरी, भक्तपुरको दुवाकोट अस्पताललाई कोभिड अस्पतालमा परिणत गरी, सिनामंगलस्थित अस्पतालबाट सकेसम्म जनरल स्वास्थ सेवा प्रवाह गर्ने कोसिस गर्दै आएको छ । कलेजले बिरामीको उपचारमा संलग्न आफ्ना स्वास्थकर्मीहरुको सुरक्षाको सक्दो ख्याल राख्दै कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भनी कोभिड र नन कोभिड सबै खालका सेवा दिइराखेको सबै सामु छर्लङ्ग भएको कलेजकी प्रिन्सिपल प्रा.डा. कार्कीको भनाइ छ ।

अस्पतालको तथ्याङ्ककअनुसार लकडाउनको अवधिमा अस्पतालले एक जिम्मेवार संस्थाको नाताले यस राष्ट्रिय आपतको घडीमा सरकारको हात बलियो पार्नुपर्छ भनी, संयम र सतर्क भई जीवन रक्षामा जुट्नुपर्छ भनी इमान्दारीपूर्वक लागेको सेवाग्राहीहरुले महसुुस गरेका छन् ।

यस लकडाउनको समय अवधि भरीमा यस अस्पतालले सम्पूर्ण सेवाहरुको माध्यमबाट करिब २५ हजार भन्दा बढी नेपालीहरुलाई सेवा प्रदान गरिसकेको छ । करिब ४७ जनालाई कोभिड अस्पताल तथा सिनामंगलस्थित अस्पतालको आइसोलेसन वार्डमा राखी सेवा प्रदान गर्न सकेको देखिन्छ ।
यस सिलसिलामा सिनामंगलस्थित अस्पतालले स्वाब संकलन गरी पठाएका करिब ७६ वटा नमुनामध्ये केही दिन अघि एक जना बिरामीको कोभिड परीक्षण पोजिटिभ आएको र एक जनालाई कोभिड अस्पताल दुवाकोटमा सेवा दिएकाले करिब ४२ जना साथीहरु दुवाकोट मै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइराखेको अवस्था छ ।

साथै प्राथमिक ट्रेसिङ्ग गरी सिनामंगल तथा दुवाकोट दुवै स्थानबाट सम्बन्धित सबैको स्वाव संकलन गरी परीक्षणको लागि पठाउने कार्य गरेको छ ।
यसै सिलसिलामा सिनामंगलस्थित अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा प्रसुति विभागका दुई सेवाग्राहीको कोभिड १९ टेष्ट २१ गते साँझ पोजिटिभ आएको छ । यसकोे जानकारी सम्बन्धित सरकारी निकायमा गराइसकेको अस्पताल प्रशासनले बताएको छ ।

नियमबमोजिम अस्पतालले आफ्ना दुई जना स्वास्थ्यकर्मीलाई आफ्नै कोभिड अस्पतालमा राखेको छ । प्राइमरी ट्रेसिङ्ग गरी २१ गते राती नै १०० भन्दा बढी स्वास्थकर्मीहरुको परीक्षणका लागी स्वाब संकलन भइसकेको छ । २२ गते करिब नब्बे जनाको स्वाब संकलन गरी पठाइसकेको अस्पताल निर्देशक प्रा.डा. मुकुन्द राज जोशीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्