Logo
|
Thursday 25th April 2024
Logo

epaper

शनिबार थपिए २३२ संक्रमित, कुल संक्रमितको संख्या १५४९१



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।

शनिबारसम्म २ लाख ४६ हजार २९७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १० हजार ३०० छ ।

अहिलेसम्म ३३ हजार १२५ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ४२ जना आइसोलेसनमा रहेका छन् ।

थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्