Logo
|
Saturday 20th April 2024
Logo

epaper

ताइवानको आरटी पिसिआर र आरएनए एक्स्ट्र्याक्सन किट गुणस्तरीय

‘सरकारले दिइएको जिम्मेवारी र गरेको विश्वासलाई डगमगाउन दिनेछैनौं ।’—आर.एस. भण्डारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड १९ परीक्षणका लागि टेन्डरमार्फत झिकाएको ताइवानको जनरल बायोलोजिकल कर्पोरेसन (जिबिसी) को रियल टाइम (आरटी) पिसिआर किट र आरएनए एक्स्ट्र्याक्सन किट नेपालमा परीक्षण गर्दा गुणस्तरीय भएको प्रमाणित भएपछि वितरण शुरु गरिएको छ ।

सरकारले खरीद गरिएको आरटी पिसिआर किट र आरएनए एक्स्ट्र्याक्सन किटको गुणस्तर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्ज र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालमा  पठाएको थियो । ‘परीक्षण गर्दा नतिजा ठीक आएपछि वितरण गरिएको हो ।’—स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले भन्नुभयो । महाशाखाले हालसम्म आधा भन्दा बढी वितरण गरिसकेको छ ।

सरकारले टेन्डरमार्फत झिकाएको रु. २४ करोड ८१ लाख मा एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट ल्याउने जिम्मेवारी ओम सर्जिकल कन्सर्न प्रा.लि.ले पाएको थियो । जुन जुन अन्य टेक्निकल्ली क्वालिफाइड प्रतिस्पर्धीभन्दा न्यून मूल्य हो ।
ओम सर्जिकल कन्सर्न प्रा.लि.ले आफूलाई दिइएको समयसिमा अघि नै सरकारलाई २४ जुनमा नै सम्पूर्ण सामान उपलब्ध गराएको छ । जबकी आधा १५ दिन र आधा २१ दिन गरी दुई चरणमा सामान उपलब्ध गराउने शर्तमा १७ मे २०२० मा ओम सर्जिकल र सरकारबीच सम्झौता भएको थियो । पहिलो लटको ल्याउनुपर्ने समय १ जुलाई २०२० सम्म म्याद थियो ।

यसअघि नै सरकारले स्वास्थ्य सामाग्री खरीद प्रक्रियामा टेक्निकल्ली क्वालिफाइड आपूर्तिकर्ताको छनौट भएको स्पष्ट परिसकेको छ । सार्वजनिक खरीद ऐन २०६३ तथा नियमावली ६४ अनुसार नै प्राविधिक रुपमा सफल अर्थात टेक्निकल्ली क्वालिफाइड देखिएका बोलपत्रहरुमध्ये एक नम्बरमा रहेको ओम सर्जिकल कन्सर्न प्रा.लि.को बोलपत्र स्वीकृत गरिएको थियो ।

पिसिआरको दायरा बढाउने उद्देश्यले पिसिआर, आरएनए एक्स्ट्र्याक्सन किट र भिटिएम खरीद प्रक्रिया सरकारले शुरु गरेको छ । जसमा प्याकेज १ अन्तर्गत एक लाख ५० हजार आरटी पिसिआर किट र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट खरीद गरेको छ । त्यस्तै, प्याकेज २ अन्तर्गत एक लाख ७० हजार भिटिएम बक्स खरिद गरेकोे छ ।

सरकारको विद्युतीय खरीद प्रणाली वा इजिपीमासमेत तालमेल गर्नेगरी बोलपत्र खरीद गर्ने र दर्ता गर्ने समयावधि बढाउन र स्पेसिफिकेसनलाई अझ स्पष्ट पार्नेगरी उक्त खरीद बोलपत्र कागजातमा तोकिएको गुणस्तरीय सामानहरु उपलब्ध गराउन सक्नेगरी आवश्यक प्रमाणहरु बोलपत्रका साथ पेश भएका कागजातहरुको आधारमा प्राविधिक विषयहरुको मूल्यांकन गर्न गठित उपसमितिले प्राविधिक रुपमा टेक्निकल्ली क्वालिफाइड देखिएकाहरुमध्ये न्युनतम मूल्यांकित बोलपत्रहरुलाई स्वीकृति गरेको डा. खरेलको भनाइ छ ।

सार्वजनिक खरीद ऐन २०६३ को दफा ४१ को घ (३) मा विशेष परिस्थितिमा खरीद गर्न परेमा सोझै खरीद गर्न सकिने र सार्वजनिक खरीद नियमावली ६४ को नियम १४५ मा एउटा मात्रै आपूर्तिकर्तासँग वार्ता गरी खरीद गर्न गराउन सक्ने पर्याप्त प्रावधान हुँदाहुँदै विभागले खरीद प्रक्रियालाई प्रतिस्पर्धा, स्वच्छता र इमान्दारीपूर्वक जवाफदेहिता र विश्वसनीयता प्रवद्र्धन गरी मितव्ययिता अपनाएको डा. खरेल बताउनुहुन्छ ।

म्यान्युअल एक्सट्र्याक्सनका लागि स्पिन कोलन वेश उपयुक्त भएको ठहर गर्दै शर्तमा नमुना इनपुट ४०० माइक्रोलिटर, आरएनए तान्ने किटको एलिशन भोल्युम ६ बाट बढाएर ३० माइक्रोलिटर भन्दा बढी हुनुपर्नेलगायतका प्राविधिक कुरा मुताविक सामान खरीद गरिएको जनाइएको छ ।


उक्त खरीद प्रक्रिया स्वीकृत लागत अनुमान रु ४२ करोड ८ लाख ११ हजार ५ सय र सम्झौता रकम २७ करोड २१ लाख भएको छ । जसबाट उक्त सामानको लागि स्वीकृति बजेट रु १४ करोड ८७ लाख ११ हजार ५ सय अर्थात ३५.३४ प्रतिशतले नेपाल सरकारको कोषमा बचत भएको डा. खरेलले यस अघि नै जानकारी गराइसक्नुभएको छ ।

ओम सर्जिकल कन्सर्न प्रा.लि.का सञ्चालक आर.एस. भण्डारीले भन्नुभयो—‘सरकारले दिइएको जिम्मेवारी र विश्वासलाई डगमगाउन दिनेछैनौं । सामानको गुणस्तर र समयलाई प्राथमिकतामा राखेर हामीले पाएको समयसिमा अघि नै सरकारलाई सामान उपलब्ध गराउन सक्यौं । यो नै हाम्रो सफलता हो ।’

प्रतिक्रिया दिनुहोस्