Logo
|
Friday 19th April 2024
Logo

epaper

गण्डकी प्रदेशका थप १५ जनामा काेराेना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, पोखरा । गण्डकी प्रदेशमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या १ हजार १९२ पुगेकाे छ । आज (आइतबार) बिहान थप १५ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १ हजार १९२ पुगेकाे हाे ।

तनहुँका ६, पर्वतका २, बागलुङका २, नवलपुर, स्याङ्जा, गाेरखाका एक/एक जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे छ । त्यस्तै लमुङका २ जनामा पनि संक्रमण पुष्टि भएकाे छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेकाे आइसाेलेसनमा लैजाने तयारी भइरहेकाे त्यहाँकाे सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

गण्डकी प्रदेशमा उपचारपछि संक्रमणमुक्त भएर फर्कनेकाे संख्या ७३६ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्