Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

आठ भाषामा अनुवाद गर्ने स्मार्ट मास्क



 कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो कम्पनीले स्मार्ट मास्क बनाएको छ ।

यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने मात्रै होइन संवाद पनि गर्छ र सामाजिक दुरीलाई सहजै पालना गर्न सहयोग गर्छ ।
एक एपको संयोजनमा सी–फेस मास्कले बोलीको नक्कल गर्न, प्रयोगकर्ताको आवाजलाई ठूलो पार्न र मानिसले उच्चारण गरेको शब्दलाई विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सक्छ ।

अगाडिपट्टिको कटआउट स्वासप्रश्वासका लागि महत्वपूर्ण रहेको छ । यसले कोरोनाभाइरस बिरुद्धको.सुरक्षाका लागि त्यती कसरत गर्नु आवश्यक छैन । यो एक स्तरिय फेस मास्क भएको डोनट रोबोटिक्सका सीईओ टाइसुके ओनोले बताए । सेतो प्लास्टिक र सिलिकनबाट बनाइएको यो मास्कमा माइक्रोफोन राखिएको छ ।

जसले मास्क लगाउनेको स्मार्टफोनमा ब्लूतुथको माध्यमबाट सम्पर्क स्थापित गर्छ । यो व्यवस्थाले जापानी भाषलाई चिनियाँ, कोरियन, भियतनामी, इन्डोनेसियाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा अनुवाद गर्छ ।

डोनट रोबोटिक्सले सुरुमा सिनामोन नामको रोबोटका लागि अनुवाद सफ्टवेयरको विकास गरेको थियो । तर, जब महामारी पैmलियो उक्त रोबोटको प्रोजेक्टलाई रोकियो । इन्जिनियरहरुको टोलीले यो सफ्टवेयरलाई फेस मास्कका लागि प्रयोग गर्ने विचार गरेपछि उक्त योजनालाई रोकिएको हो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्