Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोनासँक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलकाअनुसार बुधबार गरिएको स्वाब परीक्षणमा बाहिरी घेरामा सुरक्षाकर्मीमध्य ६ जनामा कोरोना देखिएको हो। उहाँले भन्नुभयो- ‘पहिलेदेखि नै सतर्कता अपनाउँदै आएको हौँ। आजबाट थप सुरक्षा अपनाएका छौं। ’

सापकोटाका अनुसार प्रचण्डका परिवारका सबै सदस्य र निवास र प्रचण्डको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी स्वाब संकलन गरी परीक्षण गरिएको थियो। ६ सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सदस्यमा भने नदेखिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्