Logo
|
Thursday 28th March 2024
Logo

epaper

वीरगञ्जको कोरोना अस्पतालमा एकको मृत्यू, पिसिआर रिपोर्ट आउन बाकीँ



जनस्वास्थ्य सरोकार, वीरगन्ज। नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यू भएको छ । वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट नआइसकेको अस्पताल प्रशासनले जनाएको छ । पुराना मुटुरोगी ती व्यवसायी पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर मंगलबार अस्पताल आएका कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंह जानकारी दिए । उनी वीरगञ्जको घन्टाघर निवासी ५७ वर्षीय व्यवसायी हुन् ।

उपचारकै क्रममा बुधबार राति करिब १० बजेको समयमा स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा.सिंहका अनुसार बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्