Logo
|
Saturday 20th April 2024
Logo

epaper

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १०९ जना र ललितपुरका २१ र भक्तपुरका ८ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

हाल १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेका छन भने ७ हजार ६१३ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा १० हजार ४८१ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्