Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौं मेडिकल कलेजमा बहिरंग सेवा निःशुल्क



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले भाद्र १८ गतेदेखि बहिरंग सेवा (ओपिडी) टिकट निःशुल्क गरेको छ ।

कोभिड—१९ संक्रमणको महामारीमा सामाजिक उत्तरदायित्वअन्तर्गत सो सेवा दिन लागिएको हो । यो सेवा काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटस्थित दुवै शिक्षण अस्पतालबाट उपलब्ध हुने अस्पताल व्यवस्थापनले जनाएको छ । कहिलेसम्मका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्