Logo
|
Thursday 25th April 2024
Logo

epaper

अब प्रदेशमा ५ मै बायोमेडिकल टेक्नोलोजी पढाइ हुने, ३० जना विद्यार्थीलाई निःशुल्क पढाइने



जनस्वास्थ्य सरोकार, बुटवल । नेपालमा पहिलोपटक काठमाडौँ बाहिर बायोमेडिकलको प्राविधिक पढाइ हुने भएको छ । प्रदेश ५ सरकारले बिरामीको उपचारमा प्रयोग हुने उपकरण मर्मतसम्हार सिकाउन बायो मेडिकल टेक्निकल इन्डस्ट्रिज सञ्चालन गर्ने भएको छ ।

चिकित्सकहरुले प्रयोग गर्ने उपकरण मर्मतमा बाहिरिएको लाखौं रकम रोक्न र युवामा रोजगारी बढाउन बायो मेडिकलको प्राविधिक पढाइ सुरु गर्न लागेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसका लागि रुपन्देहीको देवदहमा जग्गा व्यवस्थापन गरी प्रारम्भिक काम सुरु भइसकेको छ । जसका लागि चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले डेढ करोड रुपैयाँ विनियोजन गरिइएको मन्त्री बरालले बताउनुभयो ।

यसबाट ३० जना विद्यार्थीलाई निःशुल्क बायो मेडिकल प्राविधिक पढाइने उहाँको भनाई छ । कक्षा १२ पास गरेका विद्यार्थीले बायो मेडिकल प्राविधिक पढ्ने अवसर पाउने छन ।

अहिलेसम्म नेपालमा काठमाडौंमा मात्र बायो मेडिकल टेक्नोलोजी पढाइ हुन्छ । जुन सीटीइभिटीइ अन्तर्गत १८ महिनाको कोर्स हो । बायो मेडिकल टेक्नोलोजी पढेको जनशक्तिले उपचारमा प्रयोग हुने एमआरआई, सिटीस्क्यान, एक्सरे मेसिनलगायत स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने उपकरणहरू मर्मतसम्हार र अद्यावधिक गर्ने काम गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्