Logo
|
Saturday 20th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ सय नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ सय ४४ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २१ जना, बाग्लुङका ३१ जना, लमजुङका १६ र नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार पोखरा महानगरपालिकाका–३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना प्रहरी, वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार र लमजुङको मध्यनेपाल–६ का स्कुलका शिक्षकमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्