Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर १५७३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, थप १० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १० हजार १२३ जनाको पीसीआर जाँच गरिएको छ । आज थप ८८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोनामुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । ति मध्ये ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा रहेका छन भने १० हजार ६९८ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ३३ जना भेन्टिलेटर उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्