Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य परोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ थप जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै  संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्