Logo
|
Friday 26th April 2024
Logo

epaper

महिलाहरु सेक्स पहल गर्न किन रुचाउँदैनन् ?



महिलाद्धारा सेक्स पहल नगर्ने धेरै कारण हुन्छन् जस्तो—सेक्सको इच्छा नहुनु, पार्टनर सँग मतभेद, घर बाहिरको शारीरिक एवं मानसिक  बोझ, सेक्सको बारेमा गलत धारणा आदि । यस्ता तमाम कुराहरु हुन्छन् जुन स्त्रीलाई सेक्स पहल गर्नबाट रोक्दछ ।

  • हाम्रो सामाजिक ढाँचा यसप्रकारको रहेको छ की आज पनि सेक्समा पुरुषको इच्छालाई सर्वोपरी मानिन्छ । छोराहरु यस्तो माहोलमा हुर्के बढेका हुन्छन् जहाँ उनीहरुको मनपर्ने र नपर्ने चिजलाई धेरै महत्व दिइन्छ । यसैमा स्त्रीहरुलाई सेक्समा पहल गर्ने कुरा धेरै पछाडी छुट्दछ । धेरैजसो पतीहरु आफ्नो पत्नीलाई उनीहरुको इच्छा पूर्तिको जरिया (माध्यम) मान्दछन् । त्यसैकारण सेक्सको बारेमा महिलाहरु आफ्नो इच्छाको बारेमा कहिल्यै खुलेर सोच्न र भन्न सक्दैनन् ।
  • पुरुषको लागि सेक्स जरुरत हो, जबकी महिला सेक्स भन्दा भावनालाई धेरै महत्व दिन्छन् ।
  • आज पनि हाम्रो समाजमा यो सोच बनिरहेको छ की सेक्समा महिलाले पहल गर्नु हुँदैन, यसलाई गलत मानिन्छ । यहाँ सम्मकी पार्टनर महिलाको चरित्रमा शंका गर्न सक्दछ र दाम्पत्य जीवनमा खटपट आउन सक्दछ ।
  • कयौ पटक महिला दिनभरीको कामको थकान वा कुनै मानसिक समस्याको कारणले सेक्समा पहल गर्दैनन् ।
  • हाम्रो रुढीबादी सोच, पाबंन्दी, बर्षौदेखि चलिआएको संस्कारले पनि नारीलाई यस्तो गर्न रोक्दछ ।
  • केही महिला बाल्यकालदेखिनै धेरै पूजापाठ र धार्मिक कर्मकान्ड आदिमा पूर्ण रुपले समर्पित रहन्छन् । यही सिलसिला विवाहपछि पनि रहिरहन्छ । यी मध्ये केहीको नजरमा सेक्स केवल बंश बढाउने र बच्चा पैदा गर्न मात्र गर्नु पर्छ भन्ने सोच रहन्छ ।
  • सबैलाई सही जीबनसाथी मिल्छ भन्ने जरुरी हुँदैन । पति आफ्नो सपनाको राजकुमार जस्तो नहुनु वा जवर्जस्ती बिवहा वा अनिच्छाले जोडिएको सम्बन्धले पनि सेक्सुअल लाइफलाई नराम्रो सँग प्रभावित पार्दछ र पत्नीलाई पहल गर्नबाट रोक्दछ ।
  • आफ्नो जीवनमा पति र आफ्नो सेक्सुअल लाईफ भन्दा बच्चा र परिवारलाई धेरै महत्व दिने महिलाहरुको पनि कमी छैन । अक्सर जब नारी आमा बन्दछन् उनीहरुको पुरै दुनियाँ धेरै हदसम्म बच्चाको देखभालमा बित्दछ ।
  • कहिलेकाँही सानोतिनो रोग जस्तो—रुघाखोकी, ज्वरो आदिको कारणले पनि सम्बन्ध राख्ने इच्छा हुँदैन ।

यौनशिक्षा निकै जरुरी
हाम्रो समाजमा एक वर्ग छ जुन सेक्सको बारेमा खुलेर कुरा गर्दछ त दोस्रो वर्ग यसबाट परहेज गर्दछ । यी सबको लागि सेक्स एजुकेशन धेरै जरुरी हुन्छ । आज पनि सेक्सको मामलामा हामी खुलेर कुरा गर्दैनौ । त्यसमा पनि तपाइ महिला हुनुहुन्छ त अझ दोहोरो मापदण्ड झेल्नुपर्दछ । आज केवल ५ प्रतिशत महिलाहरु मात्र सेक्समा आफ्नो इच्छा वा अनिच्छा बताउँदछन्, जबकी ९५ प्रतिशत चुप लाग्ने र नरुचाउने रवैया अपनाउँछन् । सेक्समा पहल गर्न नरुचाउँने सबैभन्दा ठूलो कारण संस्कृतिको डर, आधा अधुरो सेक्स जानकारी, पतिको चरित्रमा अँौला उठाउने डर आदि हुन् । यदि पति केयरिंग, पत्नीको भावना सम्झने र उसलाई उचित मान सम्मान दिनेवाला भएमा स्थिति बदलिन्छ ।
.एजेन्सी

प्रतिक्रिया दिनुहोस्