Logo
|
Saturday 21st September 2019
NEWS PAPER

डाक्टर चोपलाल र नेता पुष्पा भूषाल दम्पत्तीको दाम्पत्य सूत्र



जीवनका उकाली ओरालीहरु एक्लै हिँडे पनि हुन्छ नि । तर मान्छेको जीवनमा एउटा यस्तो मोड आइदिन्छ, त्यसपछि उDr chopala and puspa कसैको सहारा खोज्न थाल्छ । जीवन जिउने सहारा अर्थात जीवनका उकाली ओराली गर्ने सहारा । हो यस्तै सहारा खोज्दा खोज्दै नेपालका प्रख्यात चिकित्सक डा. चोपलाल भुषालले भेट्नुभएको थियो, पुष्पालाई । त्यस यता चोपलाल र पुष्पाको यात्रा निरन्तर चलिरहेको छ, यस्तो यात्रा, जुन सुनौलो अनि प्रेमिल छ ।
नाक कान घाँटीका वरिष्ठ चिकित्सक डा. चोपलाल भूषाल त्रि.वि.शिक्षण अस्पतालमा प्राध्यापन गर्नुहुन्छ । डा. भूषालले नेपाल चिकित्सक संघ र स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । यसैगरी उहाँकी धर्मपत्नी पुष्पा अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि उहाँ अर्घाखाँचीबाट निर्वाचित सभासद हुनुहुन्थ्यो । तर दोस्रो संविधानसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । यस अंकमा हामीले एउटा चिकित्सक र नेता दाम्पत्य जीवन कसरी अनुबन्धित भयो र उनीहरुले कसरी दाम्पत्य जीवनलाई निरन्तरता दिन सफल भएका छन् भन्ने जानकारी दिन खोजेको छौं ।
पुष्पाको चेप्टो अनुहार, ठूला आँखा, अनि लजालु स्वभाले डा.चोपलाललाई आकर्षित ग¥यो । त्यसमा पुष्पाको शैक्षिक डिग्री र जागिरले पनि चोपलाललाई लोभ्यायो । त्यति मात्र कहाँ हुनु र पुष्पा एउटा घरानिया परिवारकी छोरी समेत ।
अहिले चोपलाल ५८ वर्ष र पुष्पा ५२ वर्षको हुनुहुन्छ । उहाँहरु विवाह बन्धनमा बाँधिएको पनि २८ वर्ष पूरा भइसकेको छ ।
चोपलाल भन्नुहुन्छ— ‘हाम्रो बिवाह २०४४ सालको असोज महिनामा दशैंको टीकाको दिन भएको हो । सोही दिन हामीले एक अर्कालाई स्वीकारेका हौं ।’ त्यो बेला डा. चोपलाल ३४ वर्ष र पुष्पा २७ वर्षको हुनुहुन्थ्यो ।
त्यतिबेला विवाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेछ । पुष्पाको बुबा क्यान्सरको समस्याले आक्रान्त भएर कुन बेला के हुन्छ भन्ने अवस्थामा । आफू रहँदै छोरीको विवाह गर्ने बुवाको इच्छा अनुरुप उहाँहरुले विवाहको साइत दशैंको टीकाको दिनलाई रोज्नुभएको थियो ।
विवाह बन्धनमा बाँधिदा डा. चोपलालले चिकित्सा विज्ञानमा एमबीबीएस गरिसक्नुभएको थियो र बीर अस्पतालमा मेडिकल अफिसर भएर काम गर्दै हुनुहुन्थ्यो भने पुष्पा पर्यटन मन्त्रालयमा जागिरे हुनुहुन्थ्यो ।
डाक्टर श्रीमती बिहे गर्ने सोच किन भएन ? भन्ने जनस्वास्थ्य सरोकारको जिज्ञासामा डा. भूषाल भन्नुहुन्छ—‘चिकित्सकको पेशा अलि अप्ठेरो हुने र समय पनि धेरै दिनुपर्ने भएकाले परिवारलाई समय दिन नसक्ने कुरा मैले राम्रोसँग बुझेको थिएँ ।’ विवाह हुन भन्दा पहिला पुष्पासँग चोपलालको सामान्य चिनजान थियो । उहाँहरु एउटै जिल्लाबासी हुनुहुन्छ । पुष्पाको बुबा काशिनाथ गौतम नेपाली कांग्रेसबाट राजनीति गर्नुहुन्थ्यो । उहाँ बीपी कोइरालाको पालामा बि.सं. २०१५ सालतिर तत्कालीन स्वास्थ्य तथा स्थानीय विकास मन्त्रीसमेत हुनुभएको थियो ।
‘पूर्व मन्त्री, जिल्लाको चर्चित नेताको छोरी भएकाले पुष्पातिर आकर्षण बढ्यो—चोपलाल भन्नुहुन्छ’—‘हामी विवाह हुँदा पुष्पाको बुबा राष्ट्रिय पञ्चायतको सदस्य हुनुहुन्थ्यो ।’
जिल्लाको एउटा नेताको छोरी भएको नाताले शुरुमा सामान्य चिनजानी भएपनि लभ एफेक्सन थिएन । तर चोपलालले पुष्पालाई भित्रभित्रै मन पराउनुभएको थियो । पुष्पाको घरबाटै प्रस्ताव आएपछि चोपलाललाई वाघको आहारा दैवले पु¥याउँछ जस्तै भएछ । चोपलाल भन्नुहुन्छ—‘पढेलेखेको, लायक केटी महसुस गरेँ । पुष्पालाई राम्रो घरानाको केटी सम्झेँ । यसले मेरो जिन्दगी चल्छ भन्ने सोच आयो ।’ जागिरे पुष्पाको रुप रंग पनि आकर्षक थियो । त्यति बेला उहाँ मास्टर्स डिग्री गर्दै हुनुहुन्थ्यो । अर्घाखाँचीको खिदिममा पुष्पाको माइती पर्छ भने चोपलालको गाउँ अर्घा हो । पुष्पा र चोपलालको घरको दूरी एक दिनको हिँडाइको अन्तरमा पर्छ ।
पुष्पाको शुरुदैखिनै राजनीति गर्ने इच्छा थियो । उहाँको बुबाको इच्छा पनि परिवारका सदस्यमध्ये पुष्पा राजनीतिमा लागेहुन्थ्यो भन्ने चाहना थियो । सोही अनुरुप पुष्पाको राजनीतिर झुकाब बढ्यो । पुष्पाको दाइ र दिदी दुवै जना चिकित्सक छन् । पुष्पाले समाजशास्त्रमा एमए सँगै एलएलबी पनि गर्नुभएको छ । उहाँ कलेजमा अध्यापन गर्दै राजनीति गर्नुहुन्थ्यो ।
‘हामी धेरै सन्तान जन्माउनेतिर लागेनौं । हामीसँग एउटा छोरा छ । उसको नाम पल्लभ भूषाल हो । हाल पत्रकारितामा डिग्री गर्दैछन् । परिवारमा एकमात्र सन्तान भएकाले हामीलाई हुर्काउन र पढाउन त्यति गा¥ह«ो भएन । त्यसैले पुष्पाले राम्रोसँग राजनीतितिर लाग्ने मौका पाइन्’ —चोपलाल थप्नुहुन्छ ।
चिकित्सा विज्ञान र राजनीति अलग धार हुन् । त्यसैले चोपलाल पुष्पाको पोलिटिकल र सोसल लाइफमा बाधा पुग्ने अवस्था ल्याउनुहुन्न भने पुष्पा पनि चोपलालको करियरमा कुनै अवरोध गर्नुहुन्न ।
आ—आफ्नो क्षेत्रमा दुवैको सहयोग र सद्भाव छ ।
आफ्नो चिकित्सकीय करियरमा पुष्पाको योगदान अविष्मरणरीय रहेको बताउनुहुन्छ चोपलाल । ‘आफ्नो करियरमा अघि बढ्नुपर्छ र विचलित हुनहुँदैन भन्ने पुष्पाको प्रेरणा मेरा लागि दिव्य बुटी जस्तै भएको छ । दुःख पर्दा पुष्पाले कमाएको पैसाले परिवार चलाउन र करियर निर्माणमा निकै राहत मिलेको थियो ।’—विगतलाई सम्झनुहुन्छ चोपाल । बि.सं. २०४६ सालको जनआन्दोलनमा देखाएको सक्रियताले डा. चोपलालको बीर अस्पतालको जागिर खोसिएको थियो । उहाँलाई बीर अस्पतालको क्वार्टरबाट पनि निकालिएको थियो । जनआन्दोलन सफल भएपछि फेरि पुनर्वहाली गराइएको थियो ।
‘पारिवारिक लाइफमा अनुबन्धित भइसकेपछि एक अर्काको सहयोग आवश्यक पर्छ । जिम्मेवारी पनि त्यत्तिकै हुन्छ । यदि एक अर्काको सहयोग नभएको भए यो अवस्थामा पुग्न निकै कठिन पर्दथ्यो । श्रीमतीको सहयोग नभएमा यसरी अघि बढ्न गा¥हो हुन्थ्यो ।’—चोपलाल भन्नुहुन्छ ।
एकअर्काको खोजीनीति
चोपलाल भन्नुहुन्छ—‘हामी त्यति धेरै एक अर्काको बारेमा खोजी नीति गर्दैनौं । हामी ओपन (खुला) छौं । एकअर्काको क्रिकलापबारे हामीलाई राम्रो थाहा भएकाले हामीहरुमा एकअर्काको खोजिनीति गर्नुपर्ने आवश्यकता हुँदैन ।’
गुण र दोष
पुष्पामा भएको सहनशीलता महत्वपूर्ण गुणको रुपमा लिनुभएको चोपलालले । हरेक अप्ठेरो सामना गर्नसक्ने क्षमता छ पुष्पामा । तर चोपलालमा भने चाँडै बिचलित हुने बानी छ । तर यस्तो अवस्थामा पुष्पाले सम्झाउनुहुन्छ उहाँलाई । पुष्पामा कुनै दोष देख्नुहुन्न चोपलाल । उहाँ भन्नुहुन्छ—‘मेरा लागि पुष्पा एउटा पूर्ण महिला हुन् ।’

एक रथका दुई पांग्रा
जीवन अघि बढाउन दुवैको सहयोग महत्वपूर्ण छ । परिवारमा दुई रथ मिलेन अर्थात सन्तुलन भएन भने परिवार अघि बढ्न सक्दैन । चोपलाल भन्नुहुन्छ—‘त्यसैले एकअर्कामा खुला, अन्डरस्टैण्डिङ र इमान्दारिता हुन जरुरी छ । अनिमात्र जीवन अघि बढाउन सहज हुन्छ ।’

एकअर्कालाई दिने समय
चोपलाल डाक्टरी एवं प्राध्यापन क्षेत्रको मान्छे र पुष्पा राजनीतिक व्यक्ति भएकाले एक अर्कालाई दिने समय त्यति धेरै हुने रहेनछ यो जोडीमा । राजनीतितिर पुष्पा लागिसकेपछि उहाँहरुले आफ्नो छोराको लागि पनि समय दिन सक्नुभएन । यसलाई उहाँहरु अहिले पनि ग्लानी गर्नुहुन्छ । विगतलाई सम्झदै भन्नुहुन्छ—‘छोरालाई समय दिन नसकेर आईडियल बोर्डिङ भएको स्कूल खोज्न पनि हिँडेका थियौं ।’ उहाँहरुले छोरालाई होस्टेलमा राखेर पढाउन बाध्य हुनुभएको थियो ।

घुम्न जाने समय
रमाइलो ठाउँमा घुम्न जान धेरै प्रयास त गर्दा रहेछन् यो जोडी । तर व्यवस्थापन गर्न सक्दा रहेनछन् । चोपलाल भन्नुहुन्छ—‘हामीलाई इच्छा छ । तर समय निकाल्न सकेका छैनौं ।’

दाम्पत्यले स्वास्थ्यमा पार्ने प्रभाव
कुनै पनि परिवारको आर्थिक सम्पन्नता त मापन गर्न सकिदैन । तर मानसिक रुपमा परिवार सुखी र सम्पन्न हुन जरुरी हुन्छ । चोपलाल भन्नुहुन्छ—‘परिवारमा तनाव र कलह भएमा यसले व्यक्तिलाई मानसिक र शारीरिक समस्या ल्याउँछ । त्यसैले हामी पारिवारिक जीवनमा निकै सन्तुष्ट छौं । त्यति धेरै महत्वकांक्षा छैन । खान बस्न र बच्चाको पढाइमा कुनै आर्थिक कठिनाई छैन । मिहिनेत गरेका छौं । एकअर्काप्रति माया र सद्भाव छ । आफ्नो तहको प्रतिष्ठा कमाइसकेका छौं । तनाव नभएमा त्यति धेरै रोग पनि लाग्दैन ।

के भन्नुहुन्छ पुष्पा ?
विवाह पश्चात् हरेक श्रीमतिले पारिवारिक सुख र आफ्नो क्षमतालाई स्थापित गर्न सकारात्मक पारिवारिक समर्थन खोज्छ । यसमा विभिन्न चुनौतिहरु हुनसक्छन् । त्यसैले यसमा एकअर्काप्रतिको अण्डरस्टैण्डिङ र मनोवैज्ञानिक समर्थन हुन जरुरी हुन्छ ।क्याम्पसमा अध्ययन गर्दा केटा साथीहरुसँग मित्रता नभएको पनि होइन । साथीहरुसँगको मित्रतालाई विवाहसम्म पु¥याउने सोच थिएन । विवाहका लागि दाजुको आग्रहलाई स्वीकार गर्दै मैले चोपलाललाई स्वीकारेकी हुँ ।
यद्यपी श्रीमानको समर्थनकै कारण आफ्नो करियर अघि बढाउन सफल भएँ । विवाह पश्चात् मैले वकालत र प्राध्यापन पेशा छोड्न परेन । यसलाई राम्ररी अघि बढाउन समर्थन पाएँ । त्यसपछि क्रमशः राजनीतितिर आफ्नो करियर स्थापित गर्न सफल भएँ ।

पुष्पालाई मन नपर्ने कुरा
हाम्रो पितृसत्तात्मक समाजमा श्रीमानले अलि टाठो बोलिदिने, मेरो कुरालाई सपोर्ट नगरिदने, मेरो कुरा काट्ने गर्दा पुरुषत्व देखाएको हो कि भन्ने मलाई मनोबैज्ञानिक भान हुन्छ । तर म यसलाई कुनै महत्व दिन्न र यसले परिवारमा कलह हुनबाट रोकेको छ ।

सुखी दाम्पत्यको लागि पुष्पाको टिप्स
बुबा आमा र घरका परिवारले छोरी मान्छेलाई पारिवारिक संस्कार दिन जरुरी छ । छोरीलाई प्रयाप्त अध्यन गराउनुपर्छ । शिक्षा नै सम्पत्ति हो । नारीलाई अघि बढ्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । धन दिएर केही हुने वाला छैन । व्यक्तित्व स्थापित गर्न शिक्षा महत्वपूर्ण छ । विवाह गरिसकेपछि करियरमा श्रीमान्लगायत परिवारबाट समर्थन आवश्यक पर्छ ।
कुनै पनि व्यक्तिले एकैपटक सम्पन्नशाली हुने सपना देख्न हुँदैन । सपना नपुगेमा घरमा कलह हुने भएकाले यसबाट पनि टाढा रहनुपर्छ । त्यसैले सहकार्य गरेर अघि बढ्नुपर्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्