Logo
|
Saturday 21st September 2019
NEWS PAPER

सफल दाम्पत्य जीवनको सूत्रः माया, हेरविचार फेरि पनि माया



Dr Saroj
डा.सरोज र डा.निभा वझाको दाम्पत्य

जिन्दगीको दियो सायद एक दिन अवश्य निभ्छ, यो त सृष्टिको नियम नै हो । तर यो दियो कसरी बाल्ने भन्ने चाहिँ एउटा सफल दम्पत्तिको जीवनबाट मात्र थाहा हुन्छ । यस्तै दम्पत्तिको नाम लिनुपर्दा आउँछ डा.सरोज वझा र डा.निभा वझा लाकौलको । उहाँको नाम निभा तर कहिल्यै ननिभ्ने अर्थात झल्झली बल्ने दियो जस्तैः चहकिलो पात्र भएर आउनुभयो डा.सरोजको जीवनमा । त्यसैले त यो जोडीको दाम्पत्य जीवनले धेरै आरोह अवरोह पार गरिसक्दा पनि कहिल्यै धीत नपर्ने प्रेम छ उहाँहरुबीच ।
डा.सरोज वझा मनोचिकित्सा विशेषज्ञ हुनुहुन्छ । काठमाण्डौको महाराजगञ्जस्थित टिचिङ अस्पतालको मनोचिकित्सा विभाग प्रमुख समेत रहनुभएका डा.वझाले त्यहाँ सेवा गर्नुभएको १५ वर्ष भइसकेको छ । सुखद संयोग नै मान्नुपर्छ । उहाँकी पत्नी डा.निभा पनि सोही अस्पतालमा वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ हुनुहुन्छ । हाल ५१ बर्षमा हिँड्दै गर्नुभएका डा.सरोज र उहाँभन्दा चारवर्ष कान्छी निभाले यही वैशाख १७ गते दाम्पत्य जीवनका २२ औं वर्षगाँठ मनाउनुभएको छ । फर्किएर हेर्दा उहाँहरु दुवैलाई लाग्छ–‘आखिर जिन्दगीको बग्दै जाने खोला जस्तै रहेछ । जसको अन्त्य खोला आफैंलाई थाहा हुँदैन समुद्रमा नपुगेसम्म ।’
बाग्लुङको सरकारी स्कुल विद्यामन्दिर मा.बि.बाट ०३५ सालमा एसएलसी दिनुभएका डा.सरोज वझा प्रथम श्रेणीमा एस.एल.सी.पास हुनुभयो । त्यसपछि चिकित्सक बन्ने उदेश्यका साथ काठमाण्डौं प्रवेशसँगै अध्ययनका क्रममै डा.निभा लाकौलसँग भेट भयो । कलेजको होस्टलमा बसेर टिचिङ अस्पतालमा हेल्थ असिस्टेन्ट हुँदै अध्ययनलाई अघि बढाउनुभएका डा.र त्यहिँ आइएस्सी अध्ययनरत डा.निभाको एउटै व्याचमा एम.बी.बी. एस. अध्ययन गर्ने मौका जुरेपछि जीवनमा नयाँ मोड आइपुग्यो ।
माया यसरी टुसायो
करिब २०४४ सालतिर पहिलो भेट भएको सम्झना अझै छ । यो जोडीले कलेजमा हुने खेलकुद प्रतियोगिता त्यसमा पनि मिक्स व्याडमिन्टन प्रतियोगितामा एउटै टिममा बसेर खेल्दा पहिलो स्थान प्राप्त गरेपछि कथाले नयाँ माग ग¥यो । ब्याडमिन्टनमा फष्ट भएपछि निकटता बढ्न थाल्यो । त्यसपछि झन कलेजबाटै एम.बी.बी.एस. कोर्षमा कम्युनिटी फिल्ड टेष्टमा जाँदा काठमाडौं बाहिर एक महिनासँगै बस्दा माया बिरुवा टुसाइसकेको थियो । निभाको स्थायी घर पाल्पा तानसेन भए पनि काठमाडौंमै हुर्किनुभयो । पढाइमा निकै अब्बल हुनुहुन्थ्यो । बुबा परराष्ट्र मन्त्रालयमा जागिरे भएकाले निभाले कहिले काठमाडौं, कहिले दिल्ली त कहिले बैंकक बसेर अध्ययनलाई अगाडि बढाउनुभयो ।
विवाह प्रशंग
एम.बी.बी.एस.मा दुवै जनाले एकै ब्याचमा भर्ना भए । दुवैजना एउटै नेवार समुदाय भएकाले कतिपय सम्बन्धलाई सहज बनायो । बाग्लुङ र पाल्पाका नेवार समुदायबीच बिहेवारी चलिसकेको थियो । डा.सरोजकी दिदीको विवाह पनि पाल्पामा भएको हो । निभा नाताले डा.सरोजको दिदीको भान्जी पर्ने । दिदीले भान्जी निभाको बारेमा बेला बेलामा कुरा गर्नुहुन्थ्यो । यसले पनि आफूहरुलाई नजिक हुन सघाएको डा. सरोज सम्झिनुहुन्छ । त्यसो त एकपटक हरिवंशको प्रहशन कार्यक्रममा पनि उहाँहरुको भेट भएको रहेछ । कलेजमा भेट्नुभन्दा पहिले नै । डा.सरोज प्रहसन हेर्न जानुभएको थियो भने निभा त्यहाँ स्वयंसेवक । उहाँहरुले सिधै गएर निभा हो ? भनेर सोध्नुभएछ । दिदीको नाम लिएर सोधेपछि निभा र उहाँको औपचारिक चिनजान थालनी भयो ।
दिदीको सल्लाह र सबैतिरबाट कुरा मिल्ने भएपछि एम.बी.बी.एस.को पढाई सकिए लगत्तै उहाँहरु विवाह गर्ने निर्णयमा पुग्नुभयो । दुवै परिवार सहमत पनि भयो । ‘२०४९ तिर डा.निभाका बुवाको पोष्टिङ जेनेभामा हुने भयो र हाम्रो पनि अन्तिम जाँच थियो तर जाँचमा फेल भइयो भने विवाह नहुने हो कि भन्ने मलाइ चाहि धेरै टेन्सन थियो ’ २३ वर्षअघि फर्किदै डा. सरोजले भन्नुभयो ‘ त्यसबेला धेरै फेल हुन्थे । तर धन्न पास भइयो र त्यही साल धुमधामसँग रितिरिवाज सहित विवाह भयो’ ।
संघर्षको शुरुवात्
तलैबाट संघर्ष गरेर आएका यो जोडीको सफलतामा एक अर्काको सहयोगको भर छ । बिहेको केही समयसम्म संयुक्त परिवारमा बस्दा उहाँहरुका बालबच्चा हुर्काउन सहज भयो । संयुक्त परिवारमा ठूलो समूह हुने भएकाले बच्चा सबैको काखकाखै हुर्किए । आमाबाबुसँग बस्दा बालबालिकालाई पनि अनुशासन हेरचाह र राम्रो बातावरण सिक्न सजिलो भयो । संयोग नै मान्नुपर्छ विवाह गरेकै दिनदेखि दुवैजनाको जागिर टिचिङ अस्पतालमा भयो । एकले अर्कालाई सघाउँदा आनन्द मान्ने यो जोडीको दाम्पत्य जीवनको सफलताको रहस्य पनि त्यहि नै हो ।
परिवारलाई दिने समय
डा. सरोज वझा भन्नु हुन्छ– ‘दुइजना दुइतिर बस्यो भने परिवारमा समय मिलाउन गा¥ह«ो हुन्छ । परिवारलाई पनि समय दिनुपर्दछ भनेर नै मैले उनको भन्दा कम व्यस्त हुने बिषय लिएर पढेको हो । जसले गर्दा मैले नाइट डिउटी गर्न पर्दैन । उनको प्रशुतीको चौबीसै घण्टा काम गर्नुपर्ने हुन्छ । दुबैजना व्यस्त भइयो भने बालबच्चालाई समय दिन भ्याइँदैन । यि सबै विषयलाई ध्यानमा राखेर दुवै जनाको काम पनि एकै ठाउँमा छ र बच्चाहरुले पनि एउटै स्कुलमा राखियो ।
उहाँहरुको टिचिङ अस्पताल पछाडी क्लिनिक पनि सँगै छ । एउटै गाडीमा अफिस जाँदा दिनमा एक घण्टासँगै हिँडदा छोराछोरी आमाबाबु बिरामीका बारेमा गफ गर्ने समय मिल्छ । उहाँहरुका लागि त्यो पनि महत्वपूर्ण पक्ष हो । व्यस्त मान्छेहरुका लागि भविष्यका बारेमा सोच्ने वा बच्चाको बारेमा सबैभन्दा बढि योजना बनाउने समय बाटोमा र गाडीमा नै हुन्छ । घरमा पनि ८२ वर्षीया आमादेखि बच्चासँग रमाउने खेल बनाउनुहुन्छ सरोज । आधा घण्टा एक घण्टा खेल्ने उहाँको आदत छ । परिवारको खुसी कसरी निर्माण गर्ने ? यसबारे उहाँको अनुभव यस्तो छ – ‘खाना सँधै सबैले सँगै खान्छौं र त्यही समयमा सबैकुरा सोधखोज हुन्छ । विदेश घुम्न पनि जान्छौँ । सबैभन्दा महत्वपूर्ण भनेको पैसा भन्दा पनि समय हो । थोरै पैसाले पनि रमाइलो गर्न सकिन्छ । समय भन्ने कुरा महत्वपूर्ण हो । समय चोर्न सक्नुपर्दछ र आफूमात्र रमाएर पनि हुँदैन सबैलाई रमाउने समय दिनुपर्छ । अनिमात्र परिवार राम्रो बन्दछ ।’
डा. सराजको गुण र दोष
डा.निभाको सहनशील स्वभाव राम्रो लाग्ने बताउने डा.सरोज खानेकुरामा भने श्रीमतीले एकदम सादा खान खोज्ने Dr Saroj1भएकाले त्यो मन पदैँनथ्यो । ‘तर अहिले सब ठिक भइसक्यो अझै खानामा म सोखिन छु तर उनमा अलिक चटपटे नबनाउने । सागपात ठिक भन्ने बानीले मलाइ कहिलेकाँही रिस उठ्थ्यो । तर अहिले सब ठिक छ ।’ उहाँ भन्नुहुन्छ ।

डा.निभाकोे नजरमा गुण र दोष
डा.सरोजले घरपरिवारमा के छ छैन हेरविचार गर्ने बानी असाध्यै राम्रो लाग्छ । साथै बालबच्चाका बारेमा लिने जानकारी परिवारलाई दिने समयको व्यवस्थापन तथा कहिले काही घुमाउन पनि लग्ने गरेको कारण रमाइलै लाग्छ उहाँलाई । तर सुरुवात.का दिनहरुमा डा.निभा माछामासु नखाने सादा परिवारबाट आएको भएर त्यसबेला गा¥ह«ो भयो र जे मा पनि रिसाउने उहाँको वानी ठिक लाग्दैन थियो तर अहिले सब ठिक भइसक्यो ।
दम्पत्तिले बुझनुपर्ने कुरा के रहेछ ?
डा.निभाका अनुसार दाम्पत्यलाई राम्रो बनाउन केटीहरुले अझ बढि ध्यान दिनुपर्दछ । विवाहको पहिलो दोस्रो बर्षमा बढी ध्यान दिनुपर्दछ । यहि बेलामा श्रीमान श्रीमतीले कुरा बुझ्न धेरै जरुरी छ । त्यो समयमा ख्याल भएन भने डिभोर्स हुने, छुटिनुपर्ने , कुरा नमिल्ने र झगडा बढ्ने हुनसक्दछ । त्यही समयमा एकअर्कालाई साथ दिएर हरेक कुराको विषयमा कम्युनिकेशनको माध्यमले समस्याको समाधान गर्नुपर्दछ र आफनो कमजोरी के हो भन्ने सबैले सोच्नुपर्दछ । मैले भनेको मात्र ठिक भन्ने भावना त्याग्नुपर्दछ । श्रीमान श्रीमतीबीचको झगडाले पुरै परिवार पनि तहसनहस हुनसक्दछ । तसर्थ दुबैले परिवार राम्रो बनाउन आ—आफनो ठाउँबाट कोशिस गर्नुपर्दछ ।
कसरी हुन्छ सुखी दाम्पत्य ?
जीवनलाई सुखी बनाउने डा. सरोजको सूत्र यस्तो छ–‘२४ घण्टा समयलाई हामीले छुट्याउन सक्नुपर्दछ । ८ घण्टा काम र ८ घण्टा सुत्ने अरु समय पढ्ने रमाइलो गर्ने समय हो । त्यस समयको दौरानमा अफिसको काम घरमा ल्याउन हुँदैन । त्यो सुखद पक्ष हुन्छ । सफल दाम्पत्य जीवनको सूत्र श्रीमानले श्रीमतीलाई माया गर्ने, श्रीमतीले श्रीमानलाई माया गर्ने र एक अर्काको आदर सम्मान ग¥यो भने राम्रो हुन्छ । नत्र छोराछोरी आमाबाबुलाई नकरात्मक असर पुग्दछ । सबैभन्दा दुइजना श्रीमान श्रीमतीमा प्रशस्त माया आदर र सम्मान गर्न सक्नुपर्दछ । गल्ती गरेमा सरी (क्षमा) भन्न सक्नुपर्दछ । यति गर्न सके छोराछोरी आमाबाबु समाजसँगको सम्बन्ध राम्रो हुन्छ । माया आदर सद्भाव राखेर अघि बढ्न सके आफनो कमजोरीलाई सरि (क्षमा) भन्न सक्ने भएमा सबैको दाम्पत्य सफल हुनसक्छ । मैले आफ्नो दाम्पत्यमा ति कुराको व्यवस्थापन गरेको छु र म आफनो दाम्पत्य जीवनबाट खुशी छु ।

NH
turup
प्रतिक्रिया दिनुहोस्